१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

कर्णाली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ। 

Advertisement

डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डब्लुएचओका नेपाल प्रमुख डा राजेश पाण्डवले स्वास्थ्य अवस्थामा देखिएको कमजोरीलाई सुधार गर्न डब्लुएचओले विशेष गृहकार्य गरिरहेको बताए ।

यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने जनाउँदै नेपाल प्रमुख डा पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाए ।

“हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य सङ्गठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौँ”, प्रमुख डा पाण्डवले भने, “यसका लागि सङ्घ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।”

कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पु-याउनका लागि नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा सङ्गठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे । डब्लुएचओले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप