१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो ।

Advertisement

नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुगेको कूल २२५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर रु १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ मूल्यमा खरिद बिक्री भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ६७.२८, होटल तथा पर्यटन ८.७८ र जलविद्युत् ३.०१ बिन्दुले घटेको छ । बैंकिङ ३९.०४, विकास बैंक ४०६.४४, वित्त १९०.६४, निर्जीवन बीमा १४२.३३, उत्पादन ४४.५४, अन्य ६.८३, लघुवित्त ७३.४४, जीवन बीमा २११ं७२, सामूहिक लगानीकोष ०.०७ र लगानी २.१५ अङ्कले बढेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८९ करोड ५८ लाख ९३ हजार ५३६ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर कम्पनी रु ५३ करोड सात लाख ७८ हजार ५४५, अपि पावर कम्पनी रु ५१ करोड ९२ लाख ६८ हजार ६१७, ज्योति विकास बैंक रु ४८ करोड ८४ लाख ३८ हजार ४१७ र अरुण काबेली पावर रु ४१ करोड ५२ लाख ८५ हजार ५७७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

१३ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न १३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, आइसिएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, जीवन विकास लघुवित्त, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै, साञ्जेन जलविद्युत् कम्पनी ५.१६, सिनर्जी पावर ४.७१, खानीखोला हाइड्रोपावर ४.२५, पञ्चकन्या माई ४.११ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.०२ प्रतिशतले गुमाए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु