११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

बेइजिङ । झन्डै दुई वर्षअघि कोरोनाभाइरस महामारी सुरू भएको चीनमा अहिले उक्त भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको छ। डेल्टा भेरियन्टको संक्रमण फैलिन थालेपछि चीनभरिका अधिकारीहरूलाई सरकारले कोरोनाको नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ।

Advertisement

समाचार संस्था सिन्ह्वाका अनुसार उपप्रधानमन्त्री सुन चुनलानले बुधबार भएको महामारी रोकथाम तथा नियन्त्रणको बैठकमा परिस्थित एकदमै तरल रहेकाले संक्रमण नियन्त्रणमा नरहेको संकेत गरेकी छन्। उनले देशका विभिन्न भागमा संक्रमण देखिएकाले अब यो कसरी अगाडि बढ्छ भन्ने निश्चित नभएको बताइन्।

पछिल्लो समय नानजिङ कोरोनाको नयाँ हटस्पट बनेको थियो। गत साता चुनलानले उक्त संक्रमण नियन्त्रणमै रहेको बताएकी थिइन्। ‘हरेक ठाउँले महामारी रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। चौबीसै घन्टा निर्देशन प्रणालीलाई सक्रिय राख्नुपर्छ,’ उनले भनेकी छन्,‘कुनै ठाउँमा सक्रमण देखिएको छैन भने पनि अधिकारीहरूले रोकथाम काम कडाइका साथ गर्नुपर्छ। एक जना संक्रमित फेला पर्नासाथ तत्काल नियन्त्रणको काम गर्नुपर्छ।’

उनले कोरोनाविरूद्ध एक सेकेन्ड पनि हेलचक्र्याइँ गर्न नहुने कुरामा जोड दिएकी छन्।‘हाम्रा विमानस्थल, बन्दरगाह र सीमा क्षेत्रलाई जोगाउनु जरूरी छ र कुनै कमजोरी भए सम्बन्धित ठाउँको प्रमुख अधिकारी जिम्मेवार हुन्छन्,’ उनले भनिन्।

उनले देशभरिका अस्पताल र क्लिनिकमा पनि कुनै कमजोरी छ कि भनेर निरीक्षण गरिने जानकारी दिइन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार तीन साताअघि नान्जिङबाट सुरू भएको डेल्टा भेरियन्टको संक्रमण अहिले चीनका १७ प्रान्तमा पुगिसकेको छ। ४ सयभन्दा बढी मानिस संक्रमित भएका छन्। राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङका अनुसार चीनभरि १४४ क्षेत्रलाई मध्यम र अति जोखिम भएका क्षेत्र तोकिएको छ। गत डिसेम्बरयता पहिलो पटक यति धेरै ठाउँलाई जोखिमयुक्त सूचीनमा राखिएको हो।

कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न सहरहरूले पूरै जनसंख्याको परीक्षण थालेका छन् भने कतिपयमा लकडाउन गरिएको छ। चीनले अहिलेसम्म झन्डै १ अर्ब ७० करोड डोज कोरोना खोप लगाएको जनाएको छ। चीनले आफूले उत्पादन गरेको खोपमात्र लगाइरहेको छ। उसले बनाएका सबै खोप दुई डोज लगाउनु पर्ने छन्।

पहलो पटक भारतमा देखिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टले निकै संक्रामक छ। पछिल्लो समय संयुक्त राज्य अमेरिकामा पनि यही भेरियन्टले संक्रमण बढाएको छ।-एजेन्सी

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी