ताजा अपडेट »

अर्घाखाँचीमा थपिए २७ कोरोना संक्रमित

बुधबार, २० साउन २०७८, २० : २०
4 Shares

बुटवल । अर्घाखाँचीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १३ जना, शितगंगा नगरपालिकामा १२ जना, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकामा १/१ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३ हजार ५५१ पुगेको छ । हाल ६५२ जना उपचाररत छन् । यस्तै, जिल्लामा कोरोना जित्नेको संख्या २ हजार ८२५ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि विरामी डिस्चार्ज भएका छैनन् ।

अर्घाखाँचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ रहेको छ । पछिल्लो २४ घण्टामा कुनैपनि कोरोना संक्रमितको निधन भएको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।