ताजा अपडेट »

तुलसीपुर उपमहानगरले हटायो ढेब्ली तथा ठेला (फोटोफिचर)

मंगलबार, १९ साउन २०७८, १७ : ४१
8 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा अनधिकृत रुपमा राखिएका घुम्ती ढेब्ली, ठेला र गाडा हटाएको छ । गएको साउन १० गते सार्वजनिक सूचना जारी गदै तीन दिन भित्र अनधिकृत रुपमा राखिएका ढेब्ली, ठेला हटाउन आग्रह गरिएको थियो ।

तर, सूचना जारी गरेको एक हप्ताभन्दा बढि समय बितिसक्दा समेत सम्बन्धित व्यक्तिहरूले नहटाएपछि मंगलबार जेसीवीको सहायतामा ढेब्ली, ठेलाहरु हटाइएको तुलसीपुर उपमहानगरपालिका कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको नेतृत्वमा गएको टोलीले बसपार्क दुखी उत्तरतर्फ मासु मार्केट नजिकै भरखरै राखिएका नयाँ पाँचवटा घुम्ती ढेब्ली, बसपार्क भित्र जाने सडक छेउमा रहेको एउटा ढेब्ली र बसपार्कदेखि पातुखोला पुलसम्म सडक छेउमा राखिएका दर्जनौँ फलफूलको ठेलाहरु हटाइएको हो ।

तुलसीपुर उपमहानगरपालिकालाई कर नतिरेका र अव्यवस्थित तथा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्दा सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम हुने भएकाले आफूहरूले हटाएको कार्यालयले बताएको छ । वर्षौंदेखि फुटफाटमा व्यापार व्यवसाय गदै आएकाहरूको ठेला हटाएपछि व्यापारीहरू समस्यामा परेका छन् ।

फुटफाट रूपमै व्यापार व्यवसाय गदै जिविकोपार्जन गदै आएकाहरू अहिले समस्यामा परेका छन् । तर, उनीहरूको समस्याको पहिचान गरी आवश्यक व्यवस्थापन गर्ने गरी बुधवार छलफलका लागि बोलाइएको उपमहानगरपालिका कार्यालयले बताएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी