ताजा अपडेट »

भारतमा थप ३० हजार ५४९ कोरोना संक्रमित

मंगलबार, १९ साउन २०७८, १४ : ४५
4 Shares

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, चार हजार ९५८ रहेका छन् । यो संख्या कूल सङ्क्रमितको १.२८ प्रतिशत हो । गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण कूल मृतकको सङ्ख्या चार लाख २५ हजार १९५ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड आठ लाख ९६ हजार ३५४ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७।३८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।

हालसम्म यहाँ ४७ करोड १२ लाख ९४ हजार ७८९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १६ लाख ४९ हजार २९५ जनाको कोरोना परीक्षण भएको थियो । भारतमा गत जनवरी १६बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४७ करोड ८५ लाख ४४ हजार ११४ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।