६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । यस्तै, युनिभर्सल पावर रु ३५ करोड ४८ लाख ५२ हजार ५१८, फस्ट माइक्राफाइनान्स रु ३४ करोड तीन लाख ५४ हजार ३९८, नागरिक लगानी कोष रु ३२ करोड १९ लाख ७९ हजार ८३७ र रिडी हाइड्रोपावर रु २८ करोड ८६ लाख ९२ हजार ४६६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

Advertisement

नेप्सेका अनुसार घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.९८, फस्ट माइक्रोफाइनान्स ९.०९, युनिभर्सल पावर ९ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतले कमाए । यस्तै, नेपाल हाइड्रो डेभलपर ५.३३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०७, लक्ष्मी इक्विटी फण्ड ४.७८, हिमालयन पावर पार्टनर ४.८० र बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए । 

कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुगेको छ । 

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लागेको छ भने आठ उपसमूहको ओरालो लागेको छ । लघुवित्त उपसमूह २.२२ प्रतिशत, लगानी उपसमूह १.७ प्रतिशत, उत्पादन ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङको ०.०९ प्रतिशत बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक घटेका छन् । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो