ताजा अपडेट »

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चौधरी भन्छन्ः विपक्षीको कदम गैरकानुनी

सोमबार, १८ साउन २०७८, १६ : २५
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले विपक्षी गठबन्धले नक्कली सांसद गरी ४१ पुराएको आरोप लगाएका छन् । ‘विमला वली अर्को पार्टीबाट जितेको सदस्यलाई लिएर संख्या पुर्याउँदैमा कुनै अर्थ छैन् ।’–प्रवक्ता चौधरीले भने ।

यद्यपी तत्कालीन नेकपाबाट चुनाव जितेकी सांसद विमला वलीले भने पत्रकार सम्मेलन गरी आफूले माओवादी केन्द्र रोजेको बताएकी थिइन् । प्रवक्ता चौधरीले भने विमला वली नेकपाबाट चुनाव जिते पनि उनी एमालेको सदस्य रहेको जिकीर गर्दछन् ।

सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका ४१ जना सांसदले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख अमिक शेरेचनलाई निवेदन दिएका थिए । यस्तै चौधरीले अदालतमा केही सांसदको मुद्धा चलिरहेकाले विपक्षीको यो कदम गैरकानुनी र अव्यवहारिक पनि नभएको तर्क गरे ।

‘केही सांसदहरुको अदालतमा मुद्धा चलिरहेको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै चौधरीले भने‘ अदालतमा मुद्धा चलिरहेको बेला यो कदम गर्नु सर्वोच्च अदालतको मानहानी, गैरकानुनी र अव्यवहारीक हो ।’ अदालतको निर्णयपछि सांसदको एकीन भएपछि मात्रै सरकार बुहमत वा अल्पमतमा रहेको प्रस्ट हुने बताए । साथै अब प्रदेश प्रमुखले लिने स्टेपका आधारमा आफ्नो रणनीति तय गर्ने प्रवक्ता चौधरीले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।