ताजा अपडेट »

बुटवलका २७ सहित रुपन्देहीमा थपिए ४८ कोरोना संक्रमित

आइतबार, १७ साउन २०७८, १९ : २६
8 Shares

बुटवल । रुपन्देहीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १७१ जनाको कोरोना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा २७ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, तिलोत्तमा नगरपालिकामा १३ जना, सैनामैना नगरपालिकामा २ जना, देवदह नगरपालिका र मायादेवी गाउँपालिकामा १/१ जना रहेका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार २३० पुगेको छ । हाल जिल्लामा ३९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै, रुपन्देहीमा निको हुनेको संख्या २८ हजार ३६७ पुगेको छ । रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।