ताजा अपडेट »

रुपन्देहीमा साउन ३२ गतेसम्म लम्बियो निषेधाज्ञा, सवारी साधन र व्यवसाय सञ्चालन गर्न भने पाइने

विहीबार, १४ साउन २०७८, १७ : २२
10 Shares

बुटवल । रुपन्देहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको दरमा केही कमि आएता पनि जोखिम कायम रहेकाले साउन ३२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय हो ।

असार ३१ गते जारी गरेको नियमलाई निरन्तरता दिदैँ साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । निषेधाज्ञा लम्बिए पनि जिल्लामा सवारी साधन सञ्चालन गर्न, भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्न भने पाइने साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यस्तै सार्वजनिक यातायातमा सिट क्षमताका आधारमा आधा यात्रु राखि ५० प्रतिशत बढी भाडा लिन पाइने छ भने अनिवार्य रुपमा सबै यात्रुले मास्क लगाउने, चालक र सहचालकले मास्क र भाईचर प्रयोग गर्नु पर्ने छ । साथै सार्वजनिक सवारी साधनको ढोकामा अनिर्वाय रुपमा सेनिटाईजर राख्नु पर्ने छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।