ताजा अपडेट »

पूर्व राष्ट्रियसभा सदस्य खड्काले अर्घाखाँची अस्पतालका डाक्टरलाई एम्बुलेन्समा थुने

विहीबार, १४ साउन २०७८, १४ : २९
6 Shares

बुटवल । पूर्व राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले अर्घाखाँची अस्पतालका डाक्टरमाथि दुव्र्यहार गरेका छन् । बुधबार आमालाई उपचारका लागि अस्पताल लगेका खड्काले अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा. कपिल गौतमसहित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ ।

खड्काले आमालाई उपचारको लागि बुधबार अस्पताल लगेका थिए । अस्पतालले र कोभिड निमोनियाको जटिलताको विषयमा जानकारी गराई थप उपचारको लागि काठमाण्डौ जाने परामर्श दिई रिफर गरिएको थियो । विरामीका आफन्त समेत रहेका पूर्व राष्ट्रियसभा सदस्य खड्काले गालीगलौज तथा अभद्र व्यवहार गरेको अस्पतालले जनाएको छ ।

‘आकस्मिक कक्षबाट डा. कपिल गौतम र डा. पूजा पन्थले रिफरको पूर्जी बुझाई अन्य बिरामी जाँच गरिरहेको र सोहि समयमा बिरामी एम्बुलेन्समा सार्ने क्रममा उहाँ बाट डा. पूजा पन्य तथा अन्य स्वास्थ्यकर्मी माथि “तँ को हो ? यहाँको ओ.जे.टी., डाक्टर सबैको नाम लेखेर विरामीलाई केहि तलमाथी भयो भने सब जिम्मेबार हुन्छौ “ भन्ने जस्ता धम्कीपूर्ण शब्दहरु प्रयोग, गालीगलौज तथा अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शी तथा संलग्न स्वास्थ्यकर्मीबाट जानकारी भएको थियो ।’ अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र अस्पतालका निमित्त प्रमुख डा. कपिल गौतम गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डा. कपिल गौतमलाई केही समय एम्बुलेन्स भित्र थुनेको र अन्य व्यक्तीले ढोका खोल्न मद्धत गरे पश्चात् डा. गौतम एम्बुलेन्स बाट बाहिर निस्किएको अस्पतालले जनाएको छ । ‘केहि समय एम्बुलेन्स भित्र थुनिएर अन्य व्यक्तीले ढोका खोल्न मद्धत गरे पश्चात् डा. कपिल गौतम एम्बुलेन्स बाट बाहिर निस्किए पछि एम्बुलेन्स बिरामी बोकी प्रस्थान गरेको थियो ।’–विज्ञप्तिमा भनिएको छ ।
दोषी माथी प्रचलित ऐन नियम अनुसार कारवाहि प्रक्रिया अगाडि बढाई स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न अर्घाखाँची अस्पतालले आग्रह गरेको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।