२३ असार २०७९, बिहीबार

Jul 7, 2022

वाग्मती । मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा रु ६ करोड ५७ लाखका लागतमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ । पन्ध्र श्ययाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिए । अस्पताल बनाउन स्थानीयवासी नरबहादुर स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेका थिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागााईले जानकारी दिए ।

अस्पताल नहुँदा उपचारका लागि हेटौँडा र चितवन जानुपर्ने बाध्यता छ । गाउँपालिकाले सुत्केरी भत्ताबापत रु पाँच हजार प्रदान गर्दै आएको छ । सङ्घीय सरकारले सुत्केरी भत्ताबापत रु दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर रु पाँच हजार कायम गरेको अध्यक्ष हुमागाईले जानकारी दिए । गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा