ताजा अपडेट »

अनलाइन पढ्न विद्यार्थीलाई पैसा नलाग्ने सिमकार्ड !

सोमबार, ११ साउन २०७८, १० : ५२
6 Shares

पाल्पा। रविकिरण माध्यमिक विद्यालय रम्भा ३ पिपलडाँडा पाल्पाका विद्यार्थीहरुलाई रम्भा गाउँपालिकाले फोन गर्दा पैसा नलाग्ने सिमकार्ड वितरण गरेको छ ।कोभिडको समयमा अनलाइन कक्षा चलिरहेका बेला फोन गर्दा पैसा नलाग्ने सिम पाए पछि विद्यार्थीमा उत्साह बढेको छ । गाउँपालिकाले संघिय सरकारको सशर्त अनुदानबाट विद्यालयको कक्षा ४ देखि १० सम्मका १ सय ३९ जना विद्यार्थीहरुलाई सिम वितरण गरेको हो । विद्यार्थी र शिक्षकहरुले एक आपसमा फोन गर्दा पैसा नलाग्ने क्लोज यूजर ग्रुप सिमकार्ड वितरण गरेको हो ।

विद्यार्थीहरुलाई ग्रुप भित्र कल गर्न निशुल्क हुने सिम पाएपछि शिक्षक संगको सिकाइमा विद्यार्थीको चासो बढेको प्रधानाध्यापक केश बहादुर सारुले बताए। जुनसुकै बेला समस्या परेमा विद्यार्थीहरुले सोझै शिक्षक संग सोध्न मिल्ने भन्दै विद्यार्थीहरुका लागि सहज भएको बताए । विद्यार्थीहरुले सम्बन्धित शिक्षकहरु संग प्रश्नोत्तर गर्न सहज हुने र शिक्षण सिकाई प्रभावकारी हुने भएकाले यो कार्यक्रम अनलाइन कक्षाका लागि निकै प्रभावकारी भएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिए । सिमकार्ड नेपाल टेलिकम पाल्पाले वितरण गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।