ताजा अपडेट »

लुम्बिनीको दाङमा म्याद नागेका पेय पदार्थ राप्तीमा बगाइयो

सोमबार, ११ साउन २०७८, ०७ : ३८
8 Shares

दाङ । दाङको राप्ती नदीमा म्याद गुज्रिएका पेय पदार्थलाई व्यापारीले बगाएका छन् । लमही नगरपालिका वडा नं. ६ मध्यनगर स्थित झोलुङ्गे पुलको एउटा किनारमा म्याद नाघेको पेय पदार्थ ठूलो मात्रामा नदीमा बगाएको अवस्थामा फेला परेको वडा सदस्य कृष्ण खत्रीले जानकारी दिएका छन् । आइतबार दिउँसो एउटा पिकअप भ्यानले नदी किनारबाट म्याद नाघेको पेय पदार्थ बगाएको थियो ।

नदी किनारमा रातै देखेपछि के रहेछ भनेर हेर्न पुग्दा पेय पदार्थ फालिएको अवस्थामा भेटिको वडा सदस्य खत्रीले बताए । पेय पदार्थको एक वर्ष म्याद नाघेको छ । दुई सय पेटीभन्दा बढी पेय पदार्थ नदीमा बगाइएको अवस्थामा भेटिएको हो ।

मनकामना फ्रुट एण्ड वेवरेज प्रालि अर्जुनधारा–५ झापामा उत्पादित कोल्ड कोला, फ्रुस र माचो ड्यूको म्याद नाघेको पाइएको छ । कसले फालेको हो भन्नेबारेमा वडा प्रहरी कार्यालय लमहीले अनुसन्धान गर्ने भएको छ । स्थानीयले खबर गरेपछि राप्ती नदी किनारमा पुगेको प्रहरी टोलीले नदी किनारमा तैरिएको अवस्थामा भेटिएको पेय पदार्थलाई किनारमा निकालेर राखेको हो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी