१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

प्रतिघण्टा ९ हजार ६ सय लिटर वितरण क्षमता

साउन १७,
भैरहवा । नेपाल आयल निगमद्वारा सञ्चालित भैरहवाको अञ्चलपुरमा सुविधा सम्पन्न पेट्रोल पम्प आज देखि सञ्चालनमा आएको छ । सो पम्पको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले गरे ।

Advertisement

निगमको जग्गामा पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको आफ्नै कर्मचारीहरु सङ्लग्न हुने यस पेट्रोल पम्पले प्रतिघण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल वितरण गर्न सक्नेछ । अत्याधुनिक प्रविधि जडान गरी निर्माण गरिएको यो पेट्रोल पम्म सौर्य उर्जाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

अहिले सुरुको अवस्थामा दैनिक १६ घण्टा सेवा दिने र केही समय पछि चौबिसैँ घण्टा सेवा प्रदान गर्ने गरी आजबाट सञ्चालनमा ल्याएको हो । घामपानीबाट पेट्रोलियम उपभोक्ताहरुलाई बचाउन ९ सय वर्गमिटरको क्षेत्रफलमा भएको अग्नी प्रतिरोधक एलुमिनियम कम्पोजित मेटिरियलबाट छाना निर्माण गरिएको छ । पेट्रोल पम्प परिसर भित्रको अग्नी नियन्त्रणको लागि २ ओटा ७० किलोग्राम र ८ ओटा १० किलो क्षमताको ड्राइ केमिकल पाउडर सहितको फायर एक्टिङ्गुइसरको व्यवस्था गरिएको छ ।

सोही उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले पेट्रोलियम पदार्थ भण्डारका लागि सातओटै प्रदेशमा ठूला डिपोहरु खोल्ने योजना रहेको बताउँदै पेट्रोलियम पदार्थ चुहावटका काम कोही कतै भएको जानकारी पाएमा कानुन सम्मत ढङ्गबाट कारवाही अगाडि बढाइने बताए ।

देशका लागि आवश्यक पर्ने इन्धन पुर्याउन सरकार अध्ययन अनुसार अगाडि बढ्ने बताउँदै सरकारले बिषादि परीक्षणको तयारी बिना अगाडि बढेकोले सरकार असफल भएको मन्त्री यादवले स्वीकार गरे । विषादी परीक्षणमा असफल भएको उनको प्रतिक्रिया यस्तो छ “हामी मन्त्रीहरु कम पढेका छौँ पढेकाले के लेखे छन्, अध्ययन नै नगरी सुरुवात गर्न पुगियो । यही कुरालाई मिडियाले आक्रमक रुपमा फैलाइदिए ।”

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले रुपन्देही हरेक कुराको हब रहेको बताउँदै पेट्रोलियम पदार्थको पनि हबको रुपमा विकास गर्ने बताए । उनले भने–“सातओटै प्रदेशमा तेलको डिपो राख्ने सरकारको निर्णय भएकोले अहिले पहिलो चरणमा झापा र धनुषामा यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ ।”

भैरहवाको अञ्चलपुरमा सञ्चालित पेट्रोल पम्प नेपाल आयल निगमबाट सञ्चालित नेपालकै ठूलो पेट्रोल पम्प रहेको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोहितले बताए । बर्षाको समयमा समेत एकै पटक ६ ओटा गाडिमा डिजेल तथा पेट्रोल हाल्न मिल्ने आधुनिक पेट्रोल पम्म रहेको बताउँदै पेट्रोल पम्पमा गाडिमा तेल हाल्दै गर्दा अटो बिलिङ् हुने भएकोले चुहावट नहुने गोहितले बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ का वन तथा वातावरण मन्त्री लीला गिरी, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले प्रदेशको नामाकरण गर्न नहुने बताउँदै  उद्योगिहरुका समस्यालाई केन्द्र सरकारले छिटै समाधान गर्ने कार्यमा लाग्नु पर्ने बताए ।- पुनहरि बेल्बासे

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा