ताजा अपडेट »

यी हुन् शिक्षालय मास्ने लुम्बिनीका मन्त्री रिजाल !

शुक्रबार, ०८ साउन २०७८, ११ : ०२
8 Shares

बुटवल । शिक्षालय मासेर प्रदेशको मन्त्रालय बनाउने कामको थालनी लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री हरि प्रसाद रिजालले गरेका छन् । उनी प्यूठान निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका सांसद् हुन् ।

मन्त्रालय राख्न अन्यन्त्र भौतिक संरचना नभएपछि शिक्षालय माथि लुम्बिनी प्रदेश सरकारले कब्जा जमाउन शुरु गरेको छ । रिजालले मन्त्री बन्ने शर्तमा प्रदेश राजधानी विवादमा मुख्यमन्त्रीलाई साथ दिएका थिए। तीन दिनसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका रिजाल सरकार टिकाउने क्रममा मन्त्रालय बाँडफाँड कुरा नमिलेपछि ग्रामीण तथा शहरी विकास मन्त्रीमा नियुक्त भएका थिए ।

रिजाल आफू मन्त्री नियुक्त भए लगत्तै मन्त्रालय लैजान तछाडमछाडमा थिए । उनी मन्त्री जतिसक्दो चाँडो बुटवल छाड्ने हतारोमा देखिन्थे । प्रदेश सभा सदस्य पद नै आफूलाई 'घाँडो' भएको र त्यसमा पनि बुटवल शहर आफ्ना लागि उपयुक्त स्थान नभएको रिजालले बेलाबेला प्रतिक्रिया दिँदै आएका थिए। प्रदेशले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेपनि त्यहाँ मन्त्रालय स्थापना गर्नेगरी ।

अहिलेसम्म संरचना बनेका छैनन् । अन्य सरकारी भवन नभएपछि मन्त्री रिजालको पहिलो आँखा राप्ती प्राविधिक शिक्षालय मासेर भएपनि आफू बस्ने थलो बनाएका हुन् । शिक्षालयको १८ वटा कोठा ग्रामीण तथा शहरी विकास मन्त्रालयका रूपमा प्रयोग भएका छन् । राप्ती प्राविधिक शिक्षालयमा १ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई बस्ने आवास बाहिर खोज्नुपर्ने अवस्था रहेको एक कर्मचारीले सुनाए । 'भित्र आवास बनाउने स्थिति छैन', ती कर्मचारीले भने, 'व्यक्तिका नीजि घरमा कोठा पाउन पनि गाहो छ। ती कर्मचारीका अनुसार साउन भित्र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि राप्ती प्राविधिक शिक्षालयमै बसेर काम शुचारु गर्ने तयारी गरिरहेका छन ।

कानून मन्त्री चेतनारायण आचार्य पनि स्थायी राजधानी देउखुरी बनाउने लबिङ गरेबापत मुख्यमन्त्रीले मन्त्री बनाइदिएको एमालेका एक प्रदेश सभा सदस्यले बताए । कानून मन्त्रालय उनले सम्हाली रहेका छन्। प्रदेश सरकार धरापमा परिसकेको हुँदा उक्त मन्त्रालय नसर्दै लुम्बिनी प्रदेश सरकार ढलिसक्ने राजनीति बृत्तमा चर्चा छ ।-बुटवल टूडे दैनिकबाट

https://www.globalaawaj.com/archives/123161
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।