ताजा अपडेट »

इपिएल क्रिकेट-अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई

बुधबार, ०६ साउन २०७८, ११ : ०९
4 Shares

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ । सम्झौतासँगै चौंथो संस्करणको उक्त प्रतियोगिताको विदेशी देशमा बिक्री गर्ने अधिकारको जिम्मा मारोनले पाएको इपिएलद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

रासस
लेखकको बारेमा
रासस