July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

दाङमा यस वर्षमा करिब ४० हजार हेक्टरमा धानखेती

81

दाङ । दाङमा यस वर्षमा गत वर्षको भन्दा करिब ३ हजार हेक्टर बढिमा धान खेती भएको छ । प्रविधि, सिँचाइ र लकडाउनले गर्दा युवाहरू घर मै रहेकाले जिल्लामा बर्सेनी खेती गर्ने क्षेत्र बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार गत वर्ष ३७ हजार हेक्टरमा धान खेती भएको थियो, भने यस वर्षमा ३९ हजार ६ सय हेक्टरमा धान खेती भएको छ ।

जिल्लामा हालसम्म ९८ प्रतिशत ठाउँमा धान रोपाइ सकिएको केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार कृषकहरूले विभिन्न उन्नत तथा स्थानीय जातको धानहरु लगाएका छन् । गत वर्षको तुलनामा यस पटक करिब २८ सय हेक्टर बढिमा धान खेती भएको उनको भनाइ छ । जिल्लाका देउखुरी क्षेत्रमा सत प्रतिशत धान खेती भइसकेको र अन्य ठाउँमा स्थानीय जातको हुन बाँकी रहेको समेत उनले बताए । सिँचाइ प्राप्त भएको ठाउँमा यो खेती हुने गर्दछ ।

त्यस्तै जिल्लामा गत वर्षको तुलनामा यस खेतीमा समेत बढेको छ । गत वर्ष १२ हजार ६३० हेक्टरमा भएकोमा यस पटक १३ हजार ११५ हेक्टरमा मैका खेती भएको उनले बताए । पौडेलका अनुसार जिल्लाका सबै क्षेत्रमा मैक खेती गरिएको छ । अहिले केही ठाउँमा हावाहुरी र फौजी किराको समस्या देखिएको समेत उनले बताए । गत वर्ष मकै खेतीमा फौजी कीरा र सलहले क्षति गरेको भएता पनि यस वर्ष त्यस्तो नरहेको उनको भनाइ छ ।

यस्तै बसन्ते मकै राम्रो उत्पादन भएको भएता पनि हिउँदे मकैमा केही समस्या भएता पनि कृषकहरूले समस्याको समाधान गरेको समेत उनले बताए । साथै, बर्सेनी कृषि क्षेत्र बढ्दै जानुमा युवाहरू लकडाउनका कारण घर मै बस्नु र गत वर्षको तुलनामा यस वर्ष समय मै पानी तथा मलको अभाव नहुदाँ पनि खेती बढेको हुनसक्ने उनको ठम्याइ छ ।जिल्लाका विभिन्न स्थानहरूमा मकै जोन कार्यक्रम मात्र नभइ तोरी जोन, स्मार्ट कृषि गाउँ जस्ता कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ । जिल्लामा पानीको समस्या कारणले गर्दा धेरै जमिनहरु बाजो हुँदै गएको अवस्था रहेको थियो । तर, पछिल्लो समय कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, पक्की कुलोले गर्दा पानीको सहज भएपछि खेती गर्न सजिलो भएको छ । त्यस्तै जिल्लामा २४ हजार ३९६ हेक्टरमा गहुँ खेती हुने गर्दछ ।

पछिल्लो अपडेट