ताजा अपडेट »

अफगानिस्तानमा राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण

मंगलबार, ०५ साउन २०७८, १५ : २२
6 Shares

काठमाडौँ । अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी मंगलबार रकेट आक्रमण भएको छ।राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

राष्ट्रपति कार्यालयनजिकै बिस्फोट भएका विवरणहरू पनि आएका छन् तर अहिलेसम्म हताहतीबारे खुलेको छैन। पछिल्लो समय अमेरिकी र नाटो सैनिकहरूले अफगानिस्तान छाडेपछि विद्रोही समूह  तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेका छन्।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी