July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

१९ किलोमिटर क्षेत्रमा बाँस रोपियाे

102

दाङ । दाङका विभिन्न ठाउँमा करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको छ। बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण र वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोपिएको हो।बस्ती नजिकको वन क्षेत्र बर्सेनि अतिक्रमण हुने, वन्यजन्तु मानव बस्तीमा आएर मानवीय क्षति, स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसलाई क मगर्न १२ वटा सामुदायिक वन क्षेत्रको करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

घोराही उपमहानगरपालिकाका तीन, बबई गाउँपालिका तीन, तुलसीपुर उपमहानगरपालिकाका दुई र दंगीशरणका गाउँपालिकाका एक सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए।बाँस चाँडै हुर्कने हुँदा वन र बस्तीबीचको स्थायी सीमाको काम गर्ने भएकाले रोपिएको केसीले बताए। यस्तै, बाँस बहुउपयोगी भएकाले किसानहरूले त्यसमार्फत आय आर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले बर्सेनि आफ्नो सीमा बढाउँदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य कम गर्न बाँस रोपणलाई अघि बढाइएको उनको भनाइ छ।एक किलोमिटरमा करिब ५०० बोट रोपिएको छ। तारबारसहित यस वर्ष नौ हजारवटा बाँस रोपिएको केसीले जानकारी दिए।

पछिल्लो अपडेट