ताजा अपडेट »

दाङमा लागुऔषध नियन्त्रणमा चुनौती, ३९ किलो लागुऔषधसहित ७६ जना पक्राउ

मंगलबार, ०५ साउन २०७८, १४ : ४३
4 Shares

दाङ । दाङमा लागुऔषध नियन्त्रणका लागि प्रहरीले अभियानमा कडाई गरेपनि त्यसको नियन्त्रणमा चुनौती देखिएको छ । वितेको एक बर्षमा विभिन्न प्रकारका ३९ किलो लागुऔषधसहित ७६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी बर्षेनी प्रहरीले लागुऔषध बरामद र व्यक्ति पक्राउ गर्दै आएको छ ।

तर नियन्त्रणमा भने चुनौती झन झन थपिदै गएको छ । भरिया र सेवन कर्तालाई मात्रै प्रहरीले पक्राउ गर्दा यसको मुख्य कारोबारी सम्म भने पुग्न सकेको छैन् । पक्राउ पर्नेहरुले पनि आफुहरुलाई पैसामा लोभ देखाएर भरिया मात्रै बनेको बताउने गरेको प्रहरीमा बयान दिने गरेका छन् ।

वितेको आर्थिक बर्षमा १५ किलो चरेससहित ६ जना, २१ किलो ८ सय १७ मिलिग्राम अफिमसहित १४ जना, ४ सय ६८ ग्राम ५ सय ८९ मिलिग्राम ब्राउन सुगरसहित ४६ जना, २ किलो ७ सय ३२ मिलिग्राम गाँजासहित ५ जना र ३ हजार २३ ट्याब्लेट नाईट्रोभेट सहित ५ जना पक्राउ परेका छन् । उक्त लागुऔषध बरामद र पक्राउ परेका व्यक्ति बिरुद्ध ३९ वटा मुद्धा दर्ता गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उक्त ब्राउन सुगर र अफिम मुद्धामा अझै १२ जना व्यक्ति फरार रहेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी