ताजा अपडेट »

संसद भवनमा आक्रमण गर्ने ट्रम्पका समर्थकलाई आठ महिना जेल

मंगलबार, ०५ साउन २०७८, १२ : ३८
4 Shares

काठमाडौँ । अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने दिन संसद भवनमा आक्रमण गर्ने एक जनालाई जेल सजाय भएको छ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक फ्लोरिडाका पउल हडकिन्सलाई प्रजातन्त्रमाथि खतरा पुर्‍याएको भन्दै अदालतले कैद सजाय तोकेको हो। गत जनवरी ६ मा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएको घोषणा गर्न संसदको संयुक्त बैठक बस्नुअघि ट्रम्पका समर्थकले संसद भवनमा हिंसा मच्चाएका थिए।

हडकिन्सले सभामुखको चेम्बरमा गएर सेल्फी खिचिरहेको तस्बिर सार्वजनिक भएको थियो। त्यतिबेला उनले ट्रम्प २०२० लेखेको तस्बिर लगाएका थिए। अदालतमा उनले त्यो दिन आफूले गल्ती गरेको स्वीकारेका छन् र माफी मागेका छन्। हडकिन्सलाई जेल सजाय भएपछि यही घटनामा मुद्दा दर्ता भएका अरूलाई जेल सजाय हुन सक्ने देखिएको छ।

अभियोजनकर्ताहरूले पाँच जनाको मृत्यु भएको उक्त घटनामा संलग्न रहेको भन्दै ५७० भन्दा बढीविरूद्ध मुद्दा हालेका छन्।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी