ताजा अपडेट »

रुपन्देहीको सैनामैनाका गोभिन ‘भ्वाइस अफ नेपाल-३’ को उत्कृष्ट ८ मा

आइतबार, ०३ साउन २०७८, १४ : ००
8 Shares

बुटवल । चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’मा रुपन्देहीको सैनामैनाका गोभिन पुन उत्कृष्ट ८ मा पर्न सफल भएका छन् । हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘द भ्वाइस अफ नेपालको तेस्रो संस्करणमा पुन हालसम्मको यात्रामा उत्कृष्ट ८ मा प्रवेश गरेका छन्।

भोटिङ राउण्ड प्रवेशसँगै शनिबार सम्पन्न नकआउट राउण्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिष्पर्धी छानेर लाइभ राउन्डमा लगेका थिए । उपाधिका लागि टिम दीपबाट रुपन्देहीको सैनामैनाका गोभिन पुन, आर्यन तामाङ र जेनिस राई, टिम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराजले प्रतिष्पर्धा गरेका थिए।

यस्तै टिम राजुबाट विजय ठाडामगर, सोनाम शेर्पा र तारा श्रीष र टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई र कर्णराज गिरी प्रतिष्पर्धामा रहेका थिए । १२ प्रतिष्पर्धी मध्ये २ टिमबाट १–१ जना बाहिरएका छन्। पुन अघिल्लो चरणमा प्रवेश गरिसकेकाले उत्कृष्ट ८ को स्थान सुरक्षित गरिसकेका हुन् । ‘द भ्वाइस अफ नेपाल–३’ हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट हिमालयन टेलिभिजनबाट प्रशारण हुने गर्दछ।

कुनैपनि सांगीतिक प्रतियोगितमा प्रतिष्पर्धा नगरेका पुनले लामो समयदेखि बुटवल,सैनामैना लगाएत विभिन्न स्थानहरुमा सांगीतिक प्रस्तुती दिँदै आएका छन् । रुपन्देही,पाल्पा,नवलपरासी लगाएतका क्षेत्रहरुका सांगीतिक व्याण्डहरुको समूह ‘बुटवल रक्समा आवद्ध उनले निरन्तर संगीतमा साधना गर्दै आएका थिए । सरल र धैर्य स्वभाव भएका पुनको सांगीतिक क्षेत्रप्रतिको लगाव र धैर्यताले नै सही समयमा राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट प्रस्तुती दिन सफल भएको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए । उनले पुनलाई जिताउनका लागि सबैमा आग्रह पनि गरेका छन् ।

प्रतियोगितामा गायक दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ निर्णायकको भूमिकामा गरेका छन् । उपाधिका लागि उनले अझै तीन वटा चरणमा प्रतिष्पर्धा गर्नुपर्नेछ । ७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि चुम्नका लागि पुनलाई सर्वाधिक भोट खाँचो रहेको छ । पुनको भोटिङ्ग कोड ४ रहेको छ भने प्रभु पे को एप डाउनलोड गरी प्रतिष्पर्धीलाई भोट गर्न सकिनेछ । उनलाई द भ्वाइस अफ नेपाल सिजन–३ को अकबरे सुन पनि भनिँदै आएको छ । उनको भोटिङ कोड ०४ रहेको छ । उनलाई भोट गर्न ०४ टाइप गरी ३७००० मा सेण्ड र्गुपर्नेछ । उनको भोटिङ कोड ०४ रहेको छ । उनलाई भोट गर्न ०४ टाइप गरी ३७००० मा सेण्ड र्गुपर्नेछ ।

को हुन पुन ?
गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उत्कृष्ट ८ मा पर्न सफल गोभिन पुनको घर रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गिया (रन्यौरा) होे । सानैदेखि गीत–संगितमा रुचि भएको भएपनि पुन यस भन्दा अघि कुनैपनि राष्ट्रिय तथा स्थानीय प्रतियोगितामा सहभागि भएका थिएनन्।

‘मलाई सानैदेखि गीत संगितमा विशेष रुचि थियो’ ग्लोबल आवाजसँग कुराकानी गर्दै पुनले भने ‘म यसभन्दा अघि स्थानीय तथा राष्ट्रिय कुनैपनि प्रकारको प्रतियोगितमा सहभागि भएको थिएन ।’तपाई जस्तो प्रतिभावानले किन अहिलेसम्म कुनै प्रतिष्पर्धामा भाग नलिएको भन्ने प्रश्नमा उनले भने ‘विभिन्न कारणले गर्दा आफूमा भएको कला बाहिर प्रस्तुत गर्न पाएको थिएन । छोराको चाहनाले गर्दापनि अहिले प्रतिष्पर्धा गर्न आएको हुँ ।’

उनले अझ अगाडिका चरण राउण्डमा बढ्न दर्शकको भोट आवश्यक पर्ने भएकाले सबैलाई भोटिङ गर्न अपिल गरेका छन् । रुपन्देहीबाट यसभन्दा अघि पनि राष्ट्रिय अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई विजेता समेत भएको स्मरण गर्दै आफूलाई पनि रुपन्देहीबासीको साथ, सहयोग र भोट प्राप्त हुने कुरामा विश्वस्त रहेको बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।