ताजा अपडेट »

बुटवलका थप ४ विद्यालयले पाए ११ कक्षा सञ्चालन गर्ने अनुमति

शनिबार, ०२ साउन २०७८, १४ : ४०
6 Shares

बुटवल । चालू शैक्षिक सत्रबाट बुटवल उपमहानगरपालिकाका थप ४ वटा विद्यालयले ११ कक्षा सञ्चालन गर्न पाउने भएका छन् । उपमहानगरको पछिल्लो कार्यपालिका बैठकले अहिले १० कक्षासम्म पढाइ भएका ज्ञानोदय मावि, सन्तोषी माता गुरुकुल विद्या आश्रम, इडन इङलिस बोर्डिङ स्कुल र ज्ञानपुञ्ज सेकेण्ड्री बोडिङ स्कूलमा ११ कक्षा पढाइ गर्न अनुमति दिएको उपमहानगरका शिक्षा शाखाका अधिकृत टिकाराम पन्थीले जानकारी दिए।

ज्ञानोदयमा शिक्षा र व्यवस्थापन समूह अन्तर्गतका विषय पढाइ हुने छ । सन्तोषी माता गुरुकुलमा व्याकरण, ज्योतिष लगायतका संस्कृत अन्तर्गतका विषय पठन पाठन हुने छ । त्यस्तै इडनमा र ज्ञानपुञ्जमा पनि व्यवस्थापन तथा शिक्षा अन्तर्गतका विषयहरु पढाइ हुने छ। यस्तै विगतदेखी नै ११ र १२ कक्षा पढाइ भइरहेका नविन औद्योगिक कद्दरबहादुर रिता माविमा शिक्षा र कानून समूहका विषयहरु थप गरिएको छ ।

एचिभर्स एकेडेमीमा विज्ञान अन्तर्गतको भौतिक शास्त्र, रसायन शास्त्र र जिब शास्त्र विषय थप भएको छ । अन्नपूर्ण एकेडेमीमा मास कम्युनिकेशन र सव ओभरसियर तथा बुटवल ग्लोरी इङलिस स्कुलमा ट्राभल एण्ड टुरिजम विषय यस वर्षदेखि थप गरिएको उपमहानगरले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।