ताजा अपडेट »

पीएसजीले भित्र्यायाे युरोकपका उत्कृष्ट खेलाडी डोनारुम्मा

विहीबार, ३१ असार २०७८, १६ : १५
4 Shares

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मालाई अनुबन्धन गरेको छ । सिरी ‘ए’ क्लब एसी मिलानका २२ वर्षीय युवा गोलरक्षक डोन्नररुम्मालाई पीएसजीले फ्रि ट्रान्सफरमा ५ वर्षको लागि भित्र्याएको हो । सम्झौता अनुसार उनी २०२६ जुनसम्म उनी पीएसजीमा रहनेछन् । १६ वर्षको उमेरमा डेब्यु गरेका उनले मिलानका लागि २ सय ५१ खेल खेलेका छन् । मिलानबाट ५ वर्ष खेलेपछि उनको सम्झौता जुन ३० बाट सकिएको थियो ।

गोलरक्षक डोनारुम्मा हालै सम्पन्न युरो २०२० को उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनी युरोमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपरसमेत हुन् । उनले इंग्ल्याण्डविरुद्धको फाइनल खेलमा दुई पेनाल्टी प्रहार बचाउँदै इटाली उपाधि दिलाएका थिए ।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी