ताजा अपडेट »

निषेद्याज्ञाको अवज्ञा गर्दै कपिलबस्तुमा विद्यालय सञ्चालन

सोमबार, २८ असार २०७८, १७ : ०९
18 Shares

कपिलबस्तु । निषेद्याज्ञाको अवज्ञा गर्दै कपिलवस्तुमा स्कूल सञ्चालन गरिएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका-१ महाराजगन्ज स्थित एक निजी विद्यालयले भौतिक रुपमै कक्षा सञ्चालन गरेको विद्यार्थीबाटै जानकारी भएको छ । न्यू शिशु ईङ्गलिश बोर्डिङ स्कूलमा विद्यार्थीको उपस्थित गराई पठन-पाठन गराउँदै आएको हो । जिल्लामा निषेद्याज्ञा जारी छ । विद्यालय लगाएत भीड हुने कुनैपनि संघ-संस्था सञ्चालन र गतिविधि नगर्न भनिएको छ ।

विद्यालयका प्राचार्य शिवप्रसाद गैरले बिहान ७ बजे देखि १०ः३० बजेसम्म विद्यालय सञ्चालन भएको स्विकारे । उनले भने ‘सावधानी अपनाएर हामीले बालबालिकाहरुलाई ट्यूसन जस्तै पढाइरहेका छौं ।’ महाराजगन्ज नगरपालिका शिक्षा शाखा प्रमुख रेश्मीराज अर्यालले भने विद्यालय सञ्चालन गर्ने सूचना नगरेको बताए । उनले भने –‘हामीले विद्यालय सञ्चालन गर्न को लागि कुनै आदेश दिएका छैनौं । लुकिछिपी स्कूल संचालन गरे होलान् । नगरपालिकाले स्कूल संचालन गर्नको लागि भनेको छैन।

जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिले शैक्षिक संस्था विद्यालय , कलेज,ट्यूसन सेन्टर र तालिम केन्द्र भौतिक उपस्थितिमा पठन-पाठन गर्न गराउन नपाउने निणर्य गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका निणर्यलाई नमानी महाराजगन्ज स्थित न्यू शिशु ईङ्गलिश बोर्डिङ्ग स्कूलले भने भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्दा जोखिम बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।