ताजा अपडेट »

चट्याङबाट ४२ जनाको मृत्यु

सोमबार, २८ असार २०७८, ११ : ५९
6 Shares

मुम्बई। भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको थियो । जसको कारण फरक-फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन्। त्यस्तै २४९ पशुहरुको मृत्यु भएको समाचारमा उल्लेख छ।मृत्यु हुनेमध्ये १३ जना प्रयागराजका मानिसहरु छन् । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। र प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चार/चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथले तत्काल घटनास्थलमा पुगेर सहायता प्रदान गर्न र घाइते भएका मानिसहरुले उचित उपचार गर्न आदेश जारी गरेका छन्। प्रयागराजका साथै कानपुर देहातमा पनि पाँच जनाको मृत्यु भएको छ। फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको छ ।त्यस्तै राजस्थानमा पनि चट्याङको कारण केही मानिसहरुको मृत्यु भउको छ। राजस्थानको कोटा जिल्लामा चार र धौलापुरमा तीन बालबालिकाको मृत्यु भएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पनि घटनामा दुःख व्यक्त गरेका छन्।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी