ताजा अपडेट »

लाइटएयरको सोलार विद्युतीय कारको परीक्षण सफल

सोमबार, २८ असार २०७८, ११ : ४३
4 Shares

नयाँ दिल्ली । सोलार विद्युतीय गाडी निर्माण कम्पनी लाइटएयरले हालै लाइटएयर वान प्रोटोकल कारको परीक्षण गरेको छ। यो कार एक पटकको पूरा चार्जमा ७ सय १० किलोमिटर चलेको अटो हिन्दुस्तानले लेखेको छ।

योसँगै कम्पनीले लाइटएयर वान प्रोटोकल कार संसारको सबैभन्दा बढी रेन्ज दिने पहिलो सोलार विद्युतीय कार भएको दाबी गरेको छ।

यो कारको परीक्षण जर्मनको अल्डेन्होवन परीक्षण केन्द्रमा भएको हो। यहाँ कारलाई ८५ किलोमिटर प्रति घण्टाको रफ्तारमा चलाइयो। यो कारमा जम्मा ६० किलोवाटको ब्याट्री जडान गरिएको छ। यसलाई एक पटक पूरा चार्ज गरेर चलाइएको हो।

कम्पनीका अनुसार बजारमा उपलब्ध सबैभन्दा राम्रो विद्युतीय कारहरूले पनि लाइटइयर वान प्रोटोकल कारको गति र रफ्तारमा चलाउन त्योभन्दा ५० प्रतिशत बढी उर्जा खपत गर्नुपर्छ।

अल्डेन्होवान परीक्षण केन्द्रमा भएको परिक्षणमा लाइटइयर वान प्रोटोकल कारको कुलिङ सिस्टम, ब्याट्री क्षमता, सफ्टवेयर अपरेटिङ, इन(ह्विल मोटरलगायतका प्रविधिको परिक्षण भएको हो।

कम्पनीका अनुसार लामो दूरीको सोलार कारको अवधारणासँगै ुमोबिलिटीुमा नयाँ र पृथक परिवर्तन देखिनेछ। किनभने एक पटकको चार्जमा यो कार महिनौं चलाउन सकिन्छ।

कम्पनीका सह–संस्थापक एवम् सिइओ लेक्स हुफ स्लोटका अनुसार कम्पनीले सन् २०२२ को पहिलो ६ महिनाभित्र ९४६ लाइटइयर वान्सको एक्सक्लुसिभ संस्करणको उत्पादन थाल्नेछ। त्यस्तै सन् २०२४ सम्ममा कम्पनीले आफ्नो उत्पादन बजारमा विस्तार गर्ने योजना बनाएको छ।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी