ताजा अपडेट »

निर्मला हत्या प्रकरण : एक वर्ष पूरा, पत्ता लागेन अपराधी

शुक्रबार, १० साउन २०७६, १३ : ३८
6 Shares

काठमाडौं । १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । तर आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी पन्त गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्त भोलिपल्ट बिहान उखुबारीमा अर्घनग्न अवस्थामा मृत फेला परेकी थिइन् । हत्या प्रकरणमा विभिन्न अनुसन्धान नभएको पनि होइन ।

तर एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहित एक दर्जन टोलीले घटनाबारे अनुसन्धान गरिसकेका छन् ।अनुसन्धानकै क्रममा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण भयो । तर, त्यसबाट हत्यारासम्बन्धी कुनै पनि तथ्य पत्ता लाग्न सकेको छैन ।

एक वर्षको अवधीमा प्रहरीले कुनै उपलब्धि हासिल गर्न नसक्नुको पछाडि प्रहरीकै लाबरबाही भएको आरोप पनि लाग्दै आएको छ । घटनास्थलको संरक्षणदेखि मुचुल्का, शिलबन्दी र अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको छ । अनुसन्धानकै क्रममा प्रहरीले विभिन्न व्यक्तिहरुलाई पक्राउ गरे । तर, पक्राउ परेका सबै निर्दोष सावित भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।