ताजा अपडेट »

रूसमा २८ जना सवार जहाज सम्पर्कविहीन

मंगलबार, २२ असार २०७८, ११ : २६
8 Shares

काठमाडौँ । रूसमा मंगलबार एउटा यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। समाचार संस्था एएफपीका अनुसार २८ जना सवार जहाज सुदूरपूर्वी रूसमा सम्पर्कविहीन भएको हो।

२२ जना यात्रु र ६ चालक दलका सदस्य भएको एएन-२६ जहाज पेट्रोपाभलोभ्स्क-काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालाना जाँदै थियो। अवतरणको क्रममा रहेको जहाज ट्राफिक कन्ट्रोलबाट सम्पर्कविच्छेद भएको हो।

के कारणले जहाज सम्पर्कविहीन भएको हो भन्ने खुलेको छैन।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी