१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

टिकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ।उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निलम्बन गरिएका हुन्।टिकटकले निलम्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ।किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ।टिकटकले निलम्बित अकाउन्टका बारेमा पहिलो पटक आफ्नो समुदाय निर्देशिका प्रतिवेदनमा सार्वजनिक गरेको हो।

Advertisement

यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सामाजिक सञ्जाल उद्योगलाई सहयोग हुने अपेक्षा गरेको टिकटकले बताएको छ।

प्रतिवेदनका अनुसार ती तीन महिनामा:

नियम पालना नगरेका ६,१९,५१,३२७ भिडिओहरू हटाइएका छन्

तीमध्ये ८२ प्रतिशत भिडिओ अरूले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन्

विज्ञापन नीति र निर्देशिका पालना नगरेका १,९२,९०० विज्ञापनहरू अस्वीकृत गरिएका छन्

कुल १,११,४५,५१४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन्

टिकटकले किशोर किशोरीलाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

“बालबालिकालाई सुरक्षित राख्न हामीले गरिरहेका कामहरू सार्वजनिक गर्न यो प्रतिवेदनमा कम उमेरका व्यक्तिहरूको हटाइएको अकाउन्ट सङ्ख्या राखेका हौँ,” टिकटकका सुरक्षा र विश्वास प्रमुख कोर्म्याक कीननले बताए। उक्त चिनियाँ एप किशोर किशोरीमाझ चर्चित भए पनि हालै यसमा कम उमेरका बालबालिका बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।गत वर्ष न्यु योर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।

कम उमेरका प्रयोगकर्ता
“टिकटकको एउटा चुनौती भनेको उमेर पुष्टि गर्ने यसको तरिका अन्य सामाजिक सञ्जालभन्दा फरक छैन,” टिकटक बुमका लेखक क्रिस स्टोकेल-वाकरले भने।”दशकौँदेखि गलत जन्म मिति लेखेर र आफू उमेर पुगेको बताएर उमेर पुष्टिको नियमलाई तोड्न सकिन्छ।” “टिकटकसँग भएको प्रविधिले सायद यसले राम्रैसँग कम उमेरका प्रयोगकर्ताहरू चिन्न सक्छ तर त्यो प्रयोग गर्नका लागि यसले प्रयोगकर्तासँग माग्नुपर्ने अनुमतिले उनीहरूलाई असहज तुल्याउन सक्छ।” टिकटकलाई यूकेमा बालबालिकाको तथ्याङ्क सङ्कलन र प्रयोगका बारेमा मुद्दा दायर गर्न लागिएको छ।ज्यानुअरीमा इटलीको निकायले एक १० वर्षीया बालिकाको मृत्यु भएपछि टिकटकलाई बालबालिकाको अकाउन्ट बन्द गर्न आदेश दिएको थियो। बीबीसीबाट

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग