ताजा अपडेट »

चौराहा-गोलपार्क सडकखण्डः ‘मुख्यमन्त्री ज्यू , जोखिमयुक्त सडक देख्नुहुन्छ कि नाई?’

मंगलबार, १५ असार २०७८, १७ : १८
8 Shares

बुटवल । बुटवलको राजमार्ग चौराहा नजिक आइतबार सवारी दुर्घटना भयो । जसमा दुई जना घाइते भए । सवारी दुर्घटनाको कारण थियो सडकमा भएका खाल्डाखुल्डी । बुटवलको राजमार्ग चौराहमा मात्रै होइन, चौराहा–गोलपार्क सडक खण्डको अवस्था पनि उस्तै छ । जुन बुटवलको निकै व्यस्त सडक पनि हो ।

सो सडक भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधीहरु दैनिक रुपमा ओरोर-दोहोर गरि रहन्छन् । तर, मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि कसैको पनि सो सडकको अवस्थाका बारेमा चासो नदेखाएको जनता समाजवादी पार्टी बुटवल उपमहानगर समितिले आरोप लगाएको छ ।

यो सडकमा जनप्रतिनिधीको ध्यान केन्द्रित गर्नका लागि जसपाले सो सडकखण्डको राजर्माग चौराह र पुष्पलाल पार्कमा माननीय मुख्यमन्त्री ज्यू ! यो जाखिमयुक्त खडक देख्नुहुन्छ कि नाई ? भन्ने व्यानर राखेको बुटवल उपमहानगर समितिका अध्यक्ष बामदेव भुसालले बताए । यदि यो सडकमा रहेका खाल्डाखुल्डी तत्काल मर्मत नगरे अझ बढी रचनात्मक आन्दोलन गर्ने भुसालले बताए ।

यो सडकखण्डमा वर्षैनी खाल्डा-खुल्डीको मर्मत हुने गरे पनि वर्षायाम सडकको अवस्था जस्ताको जस्तै हुने गरेको छ । यसले गर्दा दुर्घटनाको जोखिम समेत बढाएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।