ताजा अपडेट »

थप २०१६ जनामा संक्रमण, ३० जनाको मृत्यु

शनिबार, १२ असार २०७८, १६ : ५१
6 Shares

बुटवल । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।  यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । 

हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।