१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । उप-प्रधान तथा गृह मन्त्री विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन यस क्षेत्रका लागि गेम चेन्जर प्रोजेक्टका रुपमा रहेको बताएका छन् । यो आयोजनाले यस क्षेत्रको विकासमा कायापलट ल्याउँदै सिँगो मुलुकको मुहार फेर्नमा महत्पूर्ण भूमिक खेल्ने उल्लेख गरे ।

Advertisement

कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमा स्थापना भएको कार्यालयको शनिबार समुद्घाटन गर्दै उनले आयोजना सपम्पन्न गर्नका लागि श्रोतको अभाव नहुने र दक्ष जनशक्तिको समेत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । विद्युत उत्पादनसँगै रुपन्देही, कपिलवस्तुर नवलपरासीका खेतीयोग्य जमिनलाई सिञ्चित गरी आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धि हासिन गर्न सकिने बताए ।

आयोजना बारे जानकारी गराउँदै अर्थ, उद्योग बाणिज्य तथा आपुर्ती, उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रि समेत रहेका पौडेलले १२६ मेगावाट विद्युत उत्पादन हुने उल्लेख गरे । कालगण्डकी नदीको राम्दी पुलदेखि २ दशमलव ३ किलोमिटर तल रहेको रम्भा गाउँपालिका–३ क्षेत्रबाट २७ किलोमिटर सुरुङहुँदै पाल्पाको तिनाउ–३ दोभानमा पानी खसाल्ने योजना रहेको छ । सुरुङ मार्फत ८२ घनमिटर प्रतिलिटर पानी ल्याएपछि दोभान ड्याम निर्माण गरी ५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने दोभानबाट ७ किलोमिटर सुरुङहुँदै रुपन्देहीको बुटवल उपमहानगर–१३ बेलबासमा पानी खसाली ७२ मेगावाट विद्याुत उत्पादन हुने गृहमन्त्री पौडेलले जानकारी गराए ।

कालिगण्डकीबाट ६ दशमलव ५ मिटरको गोलाई सुरुङ निर्माण गरी पानी ल्याउने योजना छ । उक्त पानीले रुपन्देहीमा ५३ हजार तथा कपिलवस्तुमा ५४ हजार जमिन सिञ्चाई गर्ने लक्ष्य राखिएको छ । आयोजना सम्पन्न गर्नका लागि ६४ अर्ब विद्युत उत्पादनको क्षेत्रमा तथा ७४ अर्ब सिञ्चाईको संरचना तयार पार्नका लागि खर्च अनुमान गरिएको छ । यसरी आयोजना सम्पन्न गर्नका लागि कूल १ खर्ब ३८ अर्ब खर्च लाग्ने प्रारम्भीक अनुमान गरिएको छ ।

बुटवलमा आयोजनाको कार्यालय स्थापनासँगै जग्गा अधिग्रहण तथा डिपिआरको काम अघि बढ्ने भएको छ । अयोजना अन्तरगत कालिगण्डीमा नियमित बहनका लागि २० घनमिटर प्रतिसेकेण्ड पानी छोडिने भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड