ताजा अपडेट »

निःशुल्क अपग्रेड सुविधा सहित विण्डोज ११ सार्वजनिक

शुक्रबार, ११ असार २०७८, १२ : १५
6 Shares

काठमाडौँ । माइक्रोसफ्ट कम्पनीले ६ वर्षपछि विन्डोज ११ सार्वजनिक गरेको छ। सन् २०१५ मा कम्पनीले विन्डोज १० ल्याएको थियो।यो संस्करणलाई कम्पनीले विण्डोजको ‘नेक्स्ट जेनेरेसन’ को रूपमा अघि सारेको छ, जसमा नयाँ डिजाइन र अपडेटेड फिचर दिइएको छ । नयाँ बुट स्क्रिन र स्टार्टअप साउण्डदेखि स्टार्ट मेन्यु र अपग्रेडेड विजेट यो अपरेटिङ सिस्टममा थप गरिएको छ ।

कम्पनीले यस वर्षको अन्त्यतिरबाट विन्डोज ११ कम्प्युटर तथा अन्य उपकरणमा प्रयोग गर्न मिल्ने बताएको छ। कम्पनीले विन्डोज १० का प्रयोगकर्ताका लागि ११ को निस्शुल्क अपडेट उपलब्ध गराउने जनाएको छ। विण्डोज ११ मा हाई कोर्टाना’ वेलकम स्क्रिन र लाइभ टाइल्स हटाइएको छ । प्रयोगकर्ताले यो अपरेटिङ सिस्टममा सुरूदेखि नै नयाँ र परिस्कृत अनुभव गर्न पाउनेछन्।

फ्रेस सेटअप स्क्रिनसहित सुरू हुने यो अपरेटिङ सिस्टममा हरेक स्क्रिनको काम नयाँ अनुभव दिने गरी विभिन्न विण्डोज इलिमेन्टहरू प्रदान गरिएको छ । विन्डोज ११ मा नयाँ आइकन, एनिमेशन, नयाँ स्टार्ट मेन्यू, टास्कबार लेआउट देख्न पाइनेछ। यसका साथै कम्पनीले एपको ‘रि(एरेन्ज’ पनि गर्ने बताइएको छ जसको फाइदा मल्टिपल मोनिटरमा पाइनेछ। माइक्रोसफ्ट एक नयाँ एप स्टोरमा पनि काम गरिरहेको बताइएको छ।

यसमा स्टार्ट मेन्यु स्क्रिनको बीचमा देख्न सकिन्छ। जसले आधुनिक अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ । यसअघिसम्म स्टार्ट मेन्यु स्क्रिनको बायाँतर्फ देखिन्थ्यो। स्टार्ट मेन्युसहित एज, फाइल एक्स्पोलरर जस्ता विन्डोजका डिफल्ट आइकनहरू पनि स्क्रिनको केन्द्रमै देख्न सकिन्छ । यद्यपि आफूले चाहेको खण्डमा स्टार्ट मेन्युको पोजिसनलाई परिवर्तन गर्न सकिनेछ। अर्थात् बायाँतर्फ नै स्टार्ट मेन्यु ल्याउन चाहेमा त्यो पनि पाइन्छ।

फ्रेस स्टार्टअप साउण्डसहित विण्डोज ११ नयाँ साउण्ड र अलर्टसहित आएको छ । साथै नयाँ थिमहरू, नयाँ वालपेपर र सुधारिएको डार्क मोड राखिएको छ। माइक्रोसफ्टले क्रोमियम आधारित ब्राउजरहरूको लागि पर्फर्मेन्स विस्तार पनि गरेको छ । त्यस्तै माईक्रोसफ्ट एजका लागि पनि थप नयाँ फिचर ल्याइएको छ, जसमा मल्टिपल ट्याबहरूको पहुँचको लागि सुधारिएको सपोर्ट रहेको छ । विण्डोज ११ मा एज ब्राउजर भर्टिक ट्याब सपोर्टसहिट आएको छ ।

कम्पनीले विन्डोज ११ मा एक महत्वपूर्ण विशेषता थपेको छ। अब ११ ले एन्ड्रोइड ओएसमा चल्ने सबै एप्लिकेसनलाई सपोर्ट गर्नेछ। यसका लागि विन्डोज ११ मा अमेजन एपस्टोरका माध्यमबाट एक नयाँ विन्डोज स्टोरलाई जोडिएको छ। माइक्रोसफ्टले इन्टेलसँग उसको इन्टेल ब्रिज प्रविधिको उपयोग गर्ने जनाएको छ। विण्डोज ११ सुरूमा अर्को हप्तामा विन्डोज ईन्साइडर सदस्यहरूलाई परीक्षणका लागि उपलब्ध हुनेछ। यो विन्डोज १० प्रयोगकर्ताहरूमा निः शुल्क अपग्रेडको रूपमा पनि उपलब्ध हुनेछ र नयाँ पीसीहरूमा प्रिस्इन्स्टल भएर आउनेछ ।

कम्पनीले सन् २०१५ मा नै प्रोजेक्ट एस्टोरिया योजनामार्फत एन्ड्रोइड एप्सलाई विन्डोजमा चलाउने योजना बनाएको थियो। तर, उसले त्यसको एक वर्षपछि नै आफूहरु यसमा असफल भएको घोषणा गरेको थियो। विन्डोज ११ मा नयाँ आइकन, एनिमेशन, नयाँ स्टार्ट मेन्यू, टास्कबार लेआउट देख्न पाइनेछ। यसका साथै कम्पनीले एपको ‘रि(एरेन्ज’ पनि गर्ने बताइएको छ जसको फाइदा मल्टिपल मोनिटरमा पाइनेछ। माइक्रोसफ्ट एक नयाँ एप स्टोरमा पनि काम गरिरहेको बताइएको छ। विन्डोज अपरेटिङ सिस्टमको पहिलो संस्करण सन् १९८५ मा लन्च गरिएको थियो।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी