२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौँ । एएफसी महिला एशिया कप छनोट प्रतियोगिताका लागि नेपाल समूह ’एफ’ मा परेको छ । एशियाली फुटबल महासंघ ९एएफसी०ले मुख्यालय मलेसियामा आज सार्वजनिक गरेको ’ड्र’ अनुसार नेपालको समूहमा हङकङ र फिलिपिन्स छन् । समूहको विजेताले आगामी वर्ष भारतमा सञ्चालन हुने एएफसी महिला एशिया कप खेल्नेछ । छनोट प्रतियोगिता आगामी भदौमा हुनेछ । प्रतियोगितामा सहभागी हुने देशलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले एएफसी महिला एशिया कपमा भाग लिन पाउने छ । साविक विजेता जापान, अष्ट्रेलिया, चीन र आयोजक भारत सो प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।

छनोट प्रतियोगिताको समूह ए मा चिनियाँ ताइपेइ, बहराइन, तुर्किमिनिस्तान र लाओस, समूह बीमा भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान, समूह सीमा प्रजग कोरिया, सिंगापुर, इराक र इण्डोनेशिया, समूह डीमा म्यानमा, युनाइटेड अरब इमिरेट्स, ग्वाम र लेबनान, समूह इमा गणतन्त्र कोरिया, उज्वेकिस्तान र मंगोलिया, समूह जीमा जोर्डन, इरान र बंगलादेश तथा समूह एचमा थाइल्याण्ड, प्यालेस्टाइन र मलेसिया छन् । एएफसी महिला एशिया कप सन् २०२२ जनवरी तेस्रो सातादेखि भारतमा हुने एएफसीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका