ताजा अपडेट »

तीन युवक मिलेर १७ वर्षीया किशोरीलाई दोस्रो तल्लाबाट फालिदिए

विहीबार, १० असार २०७८, १३ : २४
6 Shares

मुम्बई । तीन जना युवक मिलेर एक १७ वर्षीया किशोरीलाई दोस्रो तल्लाबाट तल फालिदिएको घटना सार्वजनिक भएको छ।भारतको उत्तर प्रदेशको मथुराका ती किशोरी गम्भीर घाइते भएको र नोयडाको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीले तीनै जनाको खोजी कार्य सुरु गरेको छ। किशोरीका भाइका अनुसार सोमबार राति करिब ८ बजे फोन आएको र उनीहरुले घरको ठेगना मागेर जबर्जस्ती घरमै घुसेका थिए। मोटरसाइकलमा आएका उनीहरुले परिवारका सदस्यहरुलाई कुटपिट गरेका थिए।लगत्तै ती किशोरीलाई माथि दोस्रो तल्लामा लगेर तल फालिदिएका थिए ।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी