ताजा अपडेट »

गर्भनिरोधक औषधि पिल्स खान बिर्सीनु भयो ? यसो गर्नुस्

शुक्रबार, ११ असार २०७८, ०९ : १०
137 Shares
पिल्स चक्की खाने तरिका

पिल्स (खाने चक्की) महिलाले प्रयोग गर्ने गर्भनिरोधको अस्थायी साधन हो । यो गर्भनिरोध गर्न चाहने महिलाहरुको लागि ज्यादै प्रभावकारी अस्थायी साधन हो । पिल्स चक्की खानाले महिलाको डिम्बाशयबाट डिम्ब निष्कासन हुन दिंदैन । पाठेघरको मुखबाट निस्किने तरल पदार्थलाई बाक्लो र थोरै बनाउँदछ, जसले गर्दा शुक्रकीट लाई पाठेघर भित्र जान बाधा पु¥याउँछ । पाठेघरको भित्रीपत्रलाई पातलो गर्दछ र गर्भ बस्न दिंदैन ।

पिल्स कहिले खाने ?

-महिनावारी भएको ५ दिन भित्र सुरु गर्नुपर्दछ ।

-महिनावारी भएको ५ दिन कटिसके पनि यदि महिला गर्भवती नभएको निश्चित भए महिनावारी चक्रको कुनै पनि समयमा चक्की लिन सकिन्छ । -५ दिन कटिसकेपछि पिल्स खान सुरु गरेकी महिलाले गर्भ रहन नदिन ७ दिन सम्म यौन सम्पर्क नगर्ने वा गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्दछ ।

-पिल्स संधै एउटै समयमा खानुपर्छ ।

पिल्स खाएपछि कसैकसैमा देखिन सक्ने असरहरु

-वाकवाकी लाग्ने, टाउको दुख्ने, स्तन दुख्ने

-महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपाहरु देखा पर्न सक्ने

-सामान्यतया दुई तीन महिनापछि पनि माथि भनिएका असरहरू हराएनन् भने नजिकैको महिला स्वास्थ्य स्वयंसेविका अथवा स्वास्थ्य कार्यकर्तासंग सल्लाह लिनुपर्छ ।

पिल्स खान बिर्सेमा के गर्ने ?

-लगातार एक वा दुई दिन सम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता शुरु गर्न एक वा दुई दिन ढिलो भएमाः ९सम्झिने बित्तिकै एक चक्की खाईहाल्नुपर्छ । त्यसदिन खानु पर्ने चक्की सधै खाने समयमा नै खाने । यसो गर्दा त्यस दिन दुईवटा चक्की खानुपर्ने हुन्छ । बाँकि चक्की सदाझै खाइरहनु पर्दछ ।)

-लगातार तीन वा तीनभन्दा धेरै दिनसम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता सुरु गर्न तीन वा तीन भन्दा धेरै दिन ढिलो भएमा ।

-सम्झने वित्तिकै एक चक्की तुृरून्तै खाने । त्यस दिन खानु पर्ने चक्की सधैं खाने समयमा नै खाने । बाँकि चक्की सदाझैं खाइरहनु पर्दछ ।

-यौन सम्पर्क गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्छ । पिल्स खान छुटेको अवधिमा यौन सम्पर्क भएको भएमा, आकस्मिक गर्भ निरोधको साधनको प्रयोग गर्नुपर्छ ।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी