May 31, 2023
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको हो ।
अहिले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन् । उनले निवेदक पक्षबाट बहस गरेका हुन् । बुधबार गठबन्धनका पाँच कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो। निवेदकका तर्फबाट १५ घण्टा बहस गरिनेछ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस गरिनेछ ।
प्रतिकृया दिनुहोस्