२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१।६५ अङ्कले घटेर नेप्से दुई हजार ८६२।१८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७।३७ बिन्दुले घटेर ५२८।९७ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्राको प्रभाव कारोवार रकममा समेत देखिएको छ । कूल २१८ कम्पनीको एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर रु आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ मा खरिद बिक्री भए । बुधबारको कारोवार पछि बजार पूँजीकरण पनि मङ्गलबारको तुलनामा खुम्चिएको छ ।

मङ्गलबार रु ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको बजार पूँजीकरण आज घटेर रु ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ४० हजारमा सीमित भएको छ । कारोवार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । त्यसमा बैंकिङ २८।५४, व्यापार ५५।५६, होटल तथा पर्यटन ६९।७७, विकास बैंक १६०।६६, जलविद्युत् ७१।४९, वित्त ६७।४४, निर्जीवन बीमा २८०।१२, उत्पादन १२१।१३, अन्य ४४।४३, लघुवित्त १००।३२, जीवन बीमा ३८७ ३८७।४२ , सामूहिक लगानी कोष ०।१४ र लगानी उपसमूह ०।३९ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड २० लाख ३६ हजार बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी रु ४२ करोड चार लाख ४८ हजार ७३५, राधी विद्युत् कम्पनी रु ३८ करोड ४१ लाख ६८ हजार ५६५, नेशनल हाइड्रोपावर कम्पनी रु ३३ करोड ८९ लाख ५६ हजार २५९ र एचआइडिसिएल रु ३० करोड ३१ लाख ७६ हजार १६५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, कारोवारका आधारमा राधी विद्युत् कम्पनी ९।७१, ङादी ग्रसप अफ पावर ९।०९, छ्याङदी हाइड्रोपावर ६।५६, नेपाल इन्स्योरेन्स ६।१६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ६।०२ प्रतिशतले कमाए । यस्ते, कालिका पावर कम्पनी ५।६०, नेपाल फाइनान्स ५।४८, मञ्जुश्री फाइनान्स ५।१४, नेपाल हाइड्रो डेभलपर ५।०८ र अरुण काबेली पावरका लगानीकर्ताले ५ प्रतिशतले गुमाए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश