ताजा अपडेट »

कोरोना : २४ घण्टामा २२९७ संक्रमित थपिए, ४६ जनाको मृत्यु

सोमबार, ०७ असार २०७८, १७ : १३
16 Shares

काठमाडौँ । नेपालमा थप २२९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १५८४ र एन्टीजेन परिक्षणबाट ७१३ गरि कुल २२९७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा ३१३० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.९ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ४४२ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ६५८३ पिसिआर  र ४३२१ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५३ हजार ९४० पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार ६३६ जना रहेका छन् भने होम आइसोलेसनमा ५० हजार ३०४ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ८११ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७७२ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।