ताजा अपडेट »

वीरगञ्जमा नेपाली सेनाका जवानले आफैँलाई हाने गोली

सोमबार, ०७ असार २०७८, ११ : २९
6 Shares

काठमाडौँ । वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले आफैँमाथि गोली हानेका छन्। गोली लागेका उनको अवस्था अहिले गम्भीर छ ।

देशको रक्षार्थ नेपाली सेनामा जागिरे वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत सिपाही पर्सा पोखरिया–७ का श्यामबाबुप्रसाद चौहानले गएराति ८ बजे आफैंमाथि गोली हानेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साले चौहानको आँखा नजिकैबाट गोली निस्किएको जनाएको छ। उनले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले आफूले आफैँलाई गोली हानेको देखाएको छ। घटनालगत्तै नेशनल मेडिकल वीरगञ्ज पुर्याइएका उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनले किन आफैँलाई गोली हाने भन्नेबारे खुलेको छैन। गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले आत्महत्याको प्रयास गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।