ताजा अपडेट »

बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण

आइतबार, ०६ असार २०७८, १९ : २९
14 Shares

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण गरिएको छ ।सरावल विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा वडा नं- ६ का ४५ घरधुरीलाई राहत बितरण गरिएको हाे ।

काेइकाकाे आर्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा प्रती ब्यक्ति चामल २५ किलो ,दाल ५ किलाे ,तेल २.५ किलो ,अायाेडिन नुन २ किलो ,चिउरा ३ किलो ,बिस्कुट १२ वटा,दालमाेट १ किलो ,डिटाेल साबुन ३ वटा,कपडा धुने साबुन ३ वटा,दन्त मन्जन १ वटा ,दन्त ब्रस ३ वटा,त्रिपाल २ वटा ,बाल्टी १ वटा ,प्याड १ वटा,झुल २ वटा लगाएतकाे सामाग्री हस्तान्तरण गरिएको हाे ।

विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै पहिलो चरणको राहत सहमतिकाे समन्वयमा तथ्यांक संकलन गरेर समुचित ढंगले ४५ घर परिवारलाई राहत बितरण गरिएको बताउनु भएको हाे । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई आफूले सक्दो सहयोग र संघ संस्थाबाट समन्वय गरेर राहत प्रदान गरेको बताउदै ‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त नभए पनि जनताको दुःख सुखमा स्थानीय सरकारले साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गरे।

त्यस्तै उपाध्यक्ष उत्तमा रायले सरावल गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रकाे धानबाली नष्ट भइरहेको छ। साे क्षेत्र हेर्दा मन पाेलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै सहमतिले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा राहत बितरण कार्यकाे प्रशांसा ब्यक्त गर्दै धन्यवाद व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।