ताजा अपडेट »

रुपन्देहीमा निरन्तर ओरालाे लाग्दै कोरोना ग्राफ, ८ संक्रमित थपिए

शुक्रबार, ०४ असार २०७८, १७ : ५६
6 Shares

बुटवल । ​रुपन्देहीमा बिगत केही समय देखी काेराेना संक्रमितहरुकाे संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

१८२ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हाे । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिकामा र सैनामैनामा २÷२ जना थपिएका हुन् । यस्तै सिद्धार्थनगर नगरपालिकाका १ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४५३ रहेको छन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितकाे मृत्यु थपिएका छन् । जिल्लामा अहिले सम्म छुटेका एक जना संगै ४७६ जनाको ज्यान गईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।