ताजा अपडेट »

जान्नुहोस् रोगनिवारक नीमका फाइदा

आइतबार, ३० जेठ २०७८, ०८ : ४९
18 Shares

काठमाडौं । नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।

नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् । यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।

नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।

पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ । त्यसैले यसलाई रोगनिवारक मानिएको छ । नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ । यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ ।

नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ । तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन् । तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन् । ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस् ।

त्यसपछि पानीले मजाले धुनुस् । तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन् । यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस् ।

नीमले तपाईंको शरीर प्रणालीलाई सफा राख्छ । यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।