२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौँ । कैयौँ गरिब मुलुकहरू आफ्ना नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिलाउन सङ्घर्ष गरिरहेका बेला अमेरिकाले ५० करोड फाइजर बायोएनटेक खोप उपलब्ध गराउने घोषणा गरेको छ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडनले जी७को बैठकका लागि यूकेमा भएका बेला बिहीवार “हालसम्म कुनै एक मुलुकले दिएकोमध्यै सबभन्दा धेरै मात्रा खरिद गरेर सहयोग गर्न लागेको” बताएका थिए।अमेरिकी सहयोग कोभिड विरुद्धको लडाईँका लागि भएको उनले बताए। ५० करोड खोप असाध्यै ठूलो सङ्ख्या जस्तो सुनिन्छ तर त्यसले के फरक पार्छ?

अमेरिकाले के प्रतिबद्धता व्यक्त गरेको छ?

अमेरिकाले फाइजरसँग “गैर नाफामुखी” दरमा उक्त खोप खरिद गर्न लागेको छ। बाइडनले खोप अगस्ट महिनादेखि “करिब १०० वटा न्यून र न्यून मध्यम आय भएका मुलुकमा पठाउन सुरु गरिने” बताएका छन्। यो वर्षको अन्त्यसम्ममा २० करोड र जून २०२२ सम्ममा थप ३० करोड मात्रा वितरण गरिने बुझिएको छ।

ती खोप अन्तर्राष्ट्रिय कोभ्याक्स खोप वितरण योजना र अफ्रिकन युनियनले सञ्चालन गरेको अर्को कार्यक्रम मार्फत् बाँडिने छ। यसको लक्ष्य हरेक मुलुकमा सबभन्दा जोखिममा रहेका २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनु भएको जनाइएको छ। यस अघि अमेरिकाले विश्वभरका विभिन्न मुलुकलाई ८ करोड खोप उपलब्ध गराउने छुट्टै घोषणा गरिसकेको छ।

अमेरिकाले दिन लागेको खोप दान अन्य कुनै पनि मुलुकले दिन घोषणा गरेकोमध्ये सबभन्दा धेरै छ। विश्व स्वास्थ्य सङ्गठनका अफ्रिका निर्देशक डा. म्याटशिडिसोले “अमेरिकी दान विशाल अग्रगामी पाइला” रहेको बताए। अन्य जी७ मुलुकले पनि दान दिन सुरु गरेका छन्। अमेरिका बाहेक क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र यूकेले पनि खोप उपलब्ध गराउने घोषणा गरिसकेका छन्।

जून महिनामा ग्लोबल अलायन्स फर भ्याक्सिनेशन एन्ड इम्युनाइजेशन (गाभी)ले आयोजना गरेको शिखर सम्मेलनमा विभिन्न मुलुकले १३ करोड २० लाख मात्रा खोप दिने घोषणा गरेका थिए। त्यसमा बेल्जियम डेनमार्क र जापान तथा स्पेन र स्विडेनले दिने भनेको ५ करोड ४० लाख मात्रा पनि थियो। जी७ सम्मेलनका बेला थप प्रतिबद्धता जाहेर हुने अपेक्षा राखिएको छ।

खोप दान यथेष्ट छ?

चुनौती विशाल छ र खोप तत्काल चाहिएको छ। डब्लूएचओका महानिर्देशक टेड्रस एडह्यानम गेहब्रेयससले भने “सेप्टेम्बरसम्म विश्वका हरेक मुलुकका कम्तीमा १० प्रतिशत जनसङ्ख्यालाई खोप दिलाउन थप २५ करोड खोप आवश्यक छ।” “महामारीको अधिकतम चरण अन्त्य गर्नका लागि खोप बाँड्न आवश्यक छ,” उनले भने।

कोभ्याक्सको सुरुको लक्ष्य यो वर्षको अन्त्यसम्ममा संसारभर २ अर्ब खोप वितरण गर्नु रहेको थियो। तर पछिल्लो लक्ष्य चाहिँ १.८ अर्ब मात्रा ९२ वटा देशमा सन् २०२२ को सुरुतिर पुर्‍याउने छ। यी सबै प्रतिबद्धता भएपनि महामारीको सङ्क्रमणलाई प्रभावित पार्ने गरी खोप लगाउन डब्ल्यूएचओले भने अनुसार ११ अर्ब खोप आवश्यक छ।

त्यसका लागि उत्पादन क्षमता वृद्धि गर्नुपर्ने विज्ञहरू बताउँछन्। अक्सफाम अमेरिकाका निको लुजियानीले अमेरिकाले दिने भनेको खोप स्वागतयोग्य भए पनि त्यो “आवश्यकताको तुलनामा बाटामा एउटा थोपो जस्तो हो” भनेका छन्।

खोप वितरणमा समस्या के छ?

सबैभन्दा ठूलो चुनौतीमध्ये एक खोप एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनु रहेको छ। जुन ८ तारिखसम्म कोभ्याक्सले जम्मा ८ करोड १० लाख मात्रा खोप उसका १२९ सदस्य राष्ट्रहरूमा उपलब्ध गराएको छ।

खासगरी कोभ्याक्स भारतमा बन्ने अक्सफर्ड आस्ट्राजेनेकामा भर परेको छ। गत मार्च, एप्रिल र मे महिनामा भारतले खोप निर्यात रोकेपछि कोभ्याक्स मार्फत् हुने खोप वितरण प्रभावित भएको छ। कोभ्याक्सका लागि सिरम इन्स्टिच्यूट अफ इन्डियाबाट कोभिशील्ड आस्ट्राजेनेका खोप १.१ अर्ब मात्रा अर्डर गरिएको थियो। अहिलेसम्म सिरमले कोभ्याक्सलाई ३ करोड मात्रा मात्र उपलब्ध गराएको छ।

यो वर्षको अन्त्यदेखिमात्रै निर्यात गर्न सक्ने उसले बताएको छ। उसले भारतको खाँचोमा आफूलाई केन्द्रित गरेको छ। अमेरिकाले दान दिने भनेको फाइजर बायोएनटेक खोपले दीर्घकालको मागको सम्बोधन गर्न सक्छ तर हाललाई खोपको उपलब्धता र वितरणको समस्या चुनौतीका रूपमा रहिरहने देखिन्छ।-बीबीसी

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा