ताजा अपडेट »

उद्धार र शव व्यवस्थापनमा नेपाली सेनाः ‘रेन अर साइन’

विहीबार, २७ जेठ २०७८, १३ : ५८
2 Shares

गुल्मी । नेपाली सेनामा अंग्रेजीमा अर्को एउटा आदर्श बाक्य छ त्यो हो –‘रेन अर साइन’ अर्थात् ‘मुसलधारे पानी होस् वा चर्को घाम’ आफू भन्दा सिनियर अफिसरले खटाएपछि घाम–पानी नभनि तोकेको डिउटीमा खट्नै पर्ने तर, जुन कुनै समस्या देखाएर पन्छिने छुट कसैलाई नहुने। नियमित डिउटीमा बरु कुनै केहि समस्या परे कमाण्डरले हेरफेर गर्न सक्ने गर्दछ । तर, समाजमा कुनै प्राकृतिक विपद् पर्याे वा अन्य विभिन्न प्रकारका आपतकालिन अवस्थामा भने एकाविहानै होस् कि मध्यरात ‘स्टाण्ड बाई’को सिठी बज्यो कि निद्रामा होस् कि शौंचमा होस् , प्रमाणित बिरामी बाहेक तोकिएको ड्रेस– इक्विपमेण्टमा तोकेको समय र स्थानमा उ हाजिर हुनै पर्दछ ।

त्यस्तै दृश्य देखे,सेनाको ब्यारेक बाहिरै सर्वसाधरणले पनि बिहीवार बिहान करिव ११ बजे गुल्मीको सदरमुकाम तम्घासमा । अन्धकार वातावरणसहित मुसलधारे पानी परेर भल–खोला नाला उर्लिरहेका थिए । छाता ओढेर पनि हिड्न सक्ने अवस्था नभएपछि बाटो हिड्दै गरेका मानिसहरु पनि यथास्थानका घर –पेटीहरुमा ओत लागेर बसिरहेका थिए । सडकका कतिपय स्थानमा फाटफुट चलिरहेका यातायातका साधनहरुले भल–बाडी छिचोल्ने समस्या भोगिरहेका थिए ।

त्यही मुसलधारे पानी परिरहको बेला नेपाली सेनोको गाडी निकै तिब्रगतिमा गुडिरहेको थियो । यस्तो पानीमा निकै हतार–हतार सेनाको गाडी गुडिरहेको दृश्य देखेर कतै कुनै ठूलो घटना पो घटेछ कि भनेर नेपाली सेना संग्राम सार्दुल गुल्म , धागीथुम ब्यारेका गुल्मपति सेनानी डायमण्ड कार्कीलाई फोन गरेर बुझ्ने काम भयो । जवाफमा गुल्मपति कार्कीले अन्य कुनै आकस्मिक घटना नभई वर्तमान समयमा भइरहेका दुःखद निधन र शव व्यवस्थापनमा सक्रिय भएको बताए । उनले धुर्कोटका एक जना संक्रमितलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र त्यहीबाट उक्त शव उठाएर सेनाको एक टुकुडी ब्यवस्थापन गर्न हिँडेको जानकारी दिए ।

उनले अहिले बिहान ७ बजेको समयमा शव ब्यवस्थापनका लागि सेनालाई आग्रह आएपछि खटएर पठाएको बताए । उनका अनुसार कोरोना संक्रमणको पहिलो लहरमा त्यस ब्यारेकबाट खटिएको टोलीले जम्मा दुई जना मात्रैको शव ब्यवस्थापन गरेको थियो । तर, पछिल्लो करिब लहरको डेढ महिना मै १३ वटा शव ब्यवस्थापन गरिएको गुल्मपति सेनानी कार्कीले बताए ।

जिल्लाका हर विपद् ब्यवस्थापनमा अग्रमोर्चामा खँिटदै आएको त्यस गुल्ममा पछिल्लो कोरोना संक्रमणको बेलामा पनि उसले निभाउन मिल्ने र सक्ने सम्मको हर भूमिकामा कुनै कसुर बाँकी नराखेर खट्दै आएको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेनाको प्रशंसा गरिन् । प्रजिअ शर्माले भनिन्–‘कोरोना महामारीको बेला सबैभन्दा जोखिम कार्य शव ब्यवस्थान मानिन्छ । त्यस्तो जेखिमपूर्ण कार्यमा सहज रुपमा नेपाली सेना थागिथुम ब्यारेकले खेलेको भूमिकाप्रति उच्च प्रशंसा गर्दछौं।’जिल्लाका अन्य हरविपद्मा त सेनाको साथ रहँदै आएको छ नै,अहिलेको यस्तो माहमारीमा पनि सेनाका टोली अग्रमोर्चामा खटेको छ । सेनाको भूमिका प्रति प्रशंसानले मात्रै होइन सरोकारवाला सबैले प्रशंसा गर्दै आएका छन्।’

बिहीबार विहानै सोही ब्यारेकको टोलीले एक संस्थाबाट आएको झण्डै तिन दर्जन अक्सिजन सिलिण्डरहरु बोकेर ठाउँ–ठाउँमा पुर्याउन खटिरहेको थियो । सेनाको टोलीले नेपाल पत्रकार महसंघमा १२ वटा अक्सिजन सिलेन्डर स्टक राख्न पुर्याएको थियो भने १० वटा गुल्मी अस्पताल र १० वटा रेसुङ्गा अस्पताललाई पुर्याएर फर्केको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।