ताजा अपडेट »

सफलताको सिंढीहरु उक्लदै कृष्ण

बुधबार, २९ बैशाख २०७८, १९ : ४१
4 Shares

नेपालको प्रमुख प्रशासनिक केन्द्र, काठमाण्डौ । यो सपनाको शहरले धेरैका रहरहरुलाई उडान भर्न खुला आकाश दिएको छ । याे शहर थुप्रै कारणले महत्वपूर्ण छ । अझ शारीरिक सुगठन खेलको विकास र प्रवर्द्धनको हिसाबले यस क्षेत्रकाे योगदान विशेष नै रहेको पाइन्छ । यसले धेरै नै शारीरिक सुगठन खेलका खेलाडी देशलाई दिएको छ । तीनै खेलाडीहरु मध्ये एक हुन, कृष्ण महर्जन ।

काठमाडौ बाफलमा विक्रम संवत् २०५३ सालमा माता अश्मिता र पिता राम महर्जनको सुपुत्रका रूपमा उनले जन्म भएकाे थिए । राम महर्जन आफू पनि नियमित व्यायाम गर्ने हुँदा छोरो पनि यही खेल क्षेत्रमा लागेर नाम कमाउँस् भन्ने चाहना राख्दथे । पिताको सपना साकार गर्दै कृष्णले पनि साेह्र वर्षको कलिलो उमेरमा नै इडि पावर जिम नाम गरेको व्यायामशालामा जिम गर्न थाले । राम्रो genetics भएका कृष्ण शारीरिक सुगठन अभ्यास गर्न लागेको छाेटाे समयमा नै शारीरिक सुगठन प्रतियोगिताहरुमा सहभागी हुदै सफलता हात पार्न थाले । उनले खेलेका खेलहरु यसप्रकार रहेका छन् ।

विक्रम संवत २०७५ मा काठमाडौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा भएको तेस्रो मिष्ट्रर काठमाडौ शारीरिक सुगठन प्रतियोगितामा उनी ७५ केजी भन्दा माथिको समूहमा सहभागिता जनाउँदै पाँचौं स्थान लिन सफल भए । बि. स २०७६ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घको आयोजनामा भएको सातौं मिष्ट्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनले पुरुष जुनियर विधातर्फ स्वर्णपदक हात पार्न सफल भए । त्यही सालमै भएको रेन्वाे क्लासिक शारीरिक सुगठन प्रतियोगितामा उनी ७५ केजीभन्दा माथिको समूहमा सहभागिता जनाउँदै चौथो स्थान हात पारे । साेही वर्ष आयोजित नेपाल क्लासिक खुला शारीरिक सुगठन प्रतियोगितामा छनोट चरण पार गर्दै उत्कृष्ट दशमा पर्न सफल भए ।

सन् २०१९ मा नेपालमा आयोजना भएको बाह्राै दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पुरुष जुनियर तर्फ कास्यपदक प्राप्त गर्न सफल भए । कृष्णलाई आफ्नो शारीरिक पोजहरु मध्ये ब्याक पाेज सबैभन्दा मनपर्छ । उनलाई आफ्नो सुगठित शरिरका अंङ्गहरुमा वाइसेप्स मशल राम्रो लाग्छ। प्रतियोगिताको अबधिमा उनको डाइट प्लानमा उमालेका खानेकुरा मात्र पर्छन्। । जसमा नून र तेलको समेत राखिएको हुँदैन ।अण्डा र कुखुराको मासु उनको प्रिय आहारहरुमा पर्छ । बाह्राै दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पुरुष जुनियर तर्फ पदक पाएको पल उनको खेलजीवनकाे सबैभन्दा सुखद क्षण मान्छन् कृष्ण ।

सम्पूर्ण तयारी पूरा गरेर पनि केही दिनकाे मात्र फरक परेको कारणले चौथो मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता खेल्नबाट बन्चित हुन परेको क्षण उनलाई साह्रै पिडादायक भएको उनको दुखेसो छ । महर्जन भन्छन् , "शारीरिक सुगठन खेलका लागि खेलाडीले आफ्ना समग्र मांसपेशीहरूको संतुलित विकास गर्नुपर्ने हुन्छ तर मांसपेशीहरूको विकास एकै रातमा सम्भव हुँदैन । यसको लागि खेलाडीले वर्षैकाे महेनत गरेका हुन्छन।" कृष्ण शुरुवात् गरेको निकै छाेटाे समयमा नै शारीरिक सुगठन खेलमा सफलताका सिडिंहरु उक्लदै छन् । उनलाइ भविष्यमा यस खेलबाट राष्ट्रका लागि स्वर्ण पदक जितेर देशलाई र पितालाई खुशी पर्ने रहर छ ।

https://www.globalaawaj.com/archives/105710
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार