ताजा अपडेट »

फिजिक्स आइकन सुरेश

सोमबार, २७ बैशाख २०७८, १९ : ३९
4 Shares

सामान्य मानिसकोभन्दा एउटा खेलाडीको दिनचर्या फरक हुन्छ । अझ त्यो खेलाडि शारीरिक सुगठन खेलको हो भने त झनै उसकाे दिनचर्या पृथक नै हुने गर्छ। कस्तो होला त एउटा युवा शारीरिक सुगठन खेलाडीको जीवनशैली ?

सबैलाई थाहा छ, शारीरिक सुगठन खेल अन्य खेलभन्दा बढी खर्चिलो हुने खेल हो । यसको खेलाडीले प्रतियोगिताको स्टेजसम्म पुग्दा लाखौँ रुपैयाँ खर्च गरिसकेको हुन्छ। नियमित व्यायाम गर्दैगर्दा कहिलेकाहीँ उसको डाइट खान पैसा नपुग्दा साथीभाईसँग सापटीमा गर्जो टार्ने गर्छ। तपस्या सरह दिनहुँ घण्टौ व्यायामशालामा पसिना बगाउँदै गर्दा शरीरका मांसपेशी दुखाउँछ। शरीरका लागि भन्दै केवल उमालेको खानेकुराहरु मात्र खान्छ। भोज भतेरमा प्राय: जाँदैन, जानै परे पनि सलाद र सागपातले भोक मार्छ। साथीभाइहरूसँगको रमाइलो जमघटहरुमा समेत अरु मिष्ठान्न परिकारमा रमाउँदै गर्दा उ आफ्नो प्रोटिन सेकको बोतलमा मग्न हुन्छ । चलेका फेसनदार कपडा र जुत्ताहरुमा हैन, आफ्नो शरीरका लागि पैसा खर्च गर्छ । घरलाई भन्दा जिममा बढी समय बिताउँने गर्छ ।

हामी त्यस्तै युवा खेलाडीका बारेमा आज चर्चा गर्दैछौ । देवराज पराजुली अर्थात् सुरेश । देवाको जन्म वि. स. २०४४ साल कार्तिक १५ गते खोटाङ जिल्लामा पिता भूमिराज र माता टिका देवी पराजुलीको सन्तानको रुपमा भएको थियो । उनको बाल्यकाल सामान्य बालबालिकाभन्दा पृथक थियो । सानो छदा उनिमा घुडाँहरु जोडिने समस्याका कारण उनलाई हिड्न कठिनाई हुने गर्थ्यो । त्यही कारणले गर्दा स्कुलमा हुने खेलकुदहरुमा खासै रुचि राख्दैनथे । बयस्कता तर्फ उन्मुख हुने क्रममा उनि वैदेशिक रोजगारीको सिलसिलामा लेबनान पुगे । त्यहाँ उनको संगत शारीरिक सुगठनका खेलाडी मिष्टर लेवनानसँग भयो । क्रमश उनी शारीरिक सुगठन खेलका र खेलाडीहरुका जीवनशैलीका बारेमा बुझ्दै गए ।

लेवनानमा रहँदा उनले त्याहाँबाट शारीरिक सुगठन खेलमा 28 ट्रेलरको सर्टिफिकेट समेत लिएका थिए । यही बेला उनले हलिउडका चर्चित अभिनेता अर्नोड श्वार्जनेगर बारेमा थाहा पाएँ । उनको जीवनबाट उनी असाध्यै प्रभावित भए । शुरेस भन्छन् "हलिउड अभिनेता अर्नोडको जीवनशैलीबाट म असाध्यै प्रभावित भएको छु । उनलाई म आदर्श व्यक्तिको रुपमा लिन्छु । व्यायामबाट जीवन रुपान्तरण गर्न सकिन्छ भन्ने कुरा मलाइ उनका जीबनबाट थाहा भयो ।" सुरुमा सुरेस शारीरिक सुगठन खेलमा लागे तर पछी उनलाइ पुरुष फिजिक्स बिधाले बढी आकर्षित गर्यो ।

उनको खेल जीवन यात्रा यसप्रकार रहेको छ

बि स २०७२ सालमा हिमालय किङ्गडम नेपाली फेडरेसन अफ बडीबिल्डिङद्वारा आयोजित प्रथम राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा उनि ७० केजी तौल समूहमा चौथो स्थान प्राप्त गर्न सफल भए । विक्रम सम्वत २०७२ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शारीरिक सुगठन खेलमा ७० केजी तौल समूहमा पाँचौ स्थान प्राप्त गर्न सफल भए । साेही वर्षा भएकाे एलाइनेट जिम धरानको आयोजनामा सातौँ मिष्ट्रर पूर्वाञ्चल प्रतियोगितामा उनी ६५ केजी तौल समूह तर्फ रजत पदक प्राप्त गर्न सफल भए । उस्तै २०७५ सालमा सम्पन्न दोस्रो मिस्टर एभरेष्ट्र राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगिता जुन नेप्लिज फेडेरेशन अफ बडीबिल्डिङद्वारा आयोजित भएको थियो । उनको यो पहिलो पुरुष फिजिक्स प्रतियोगिता थियो । जसको १७० सि एम भन्दा तलको स्पर्धामा उनले स्वर्ण पदक प्राप्त गर्न सफल भए । सन् २०१६ मा हङकङमा आयोजित अर्नोड क्लासिक एशियामा उनले पुरुष फिजिक्स प्रतियोगिता तर्फ उत्कृष्ट १० मा पर्न सफल भएका थिए।

सन् २०१६ मा पाचौ एशियाली बिच गेम्स दानाङ्ग भियतनाममा उनी पुरुष फिजिक्स प्रतियोगिता तर्फ पाचौ स्थान प्राप्त गर्न सफल भएका थिए । सन् २११६ मा ‍ओलम्पिक एमेच्यार एशिया हङकङमा उनी पुरुष फिजिक्स प्रतियोगिता तर्फ सहभागिता जनाउदै उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए । सन् २०१७ मंगोलियाको उलनबट्टारमा आयोजित ५१ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा प्रतियोगितामा उनी पुरुष फिजिक्स प्रतियोगिता १७० सि एम भन्दा तलको स्पर्धामा उनि छैटौं स्थान प्राप्त गर्न सफल भएका थिए। सन् २०१७ मा भारतमा सम्पन्न ‍ओलम्पिक एमेच्यार एशिया उनले सहभागिता जनाउन सफल भएका थिए । यसैगरी सन् २०१९ मा फुरजहाँ साउदी अरबमा आयोजित विश्व शारीरिक सुगठन प्रतियोगितामा समेत उनले सहभागिता जनाउन सफल भएका थिए । उनको अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भएको सफलता दर्साउन पुरुष फिजिक्स बिधा तर्फ सन् २०१७ मा शारीरिक सुगठनको महासघ आइएफबिबिको विश्व रेङकिङमा उनी विश्वका खेलाडीहरु मध्ये ५८ स्थान लिन सफल भएका थिए ।

सुरेशको खेलजीवनमा असाध्यै सुखद क्षणका रुपमा नेपालको झण्डा बोकेर पाँचौ एशियाली बिच गेम्स दानाङ्ग भियतनाममा शारीरिक सुगठन सहित बिभिन्न खेल बिधा तर्फ थुप्प्रै खेलका खेलाडीहरुले सहभागिता जनाएको उनि सम्झन्छन्। नेपालबाट शारीरिक सुगठन भलिबल बास्केटबल लगायत विभिन्न विधाका खेलहरुमा धेरै खेलाडीहरुले सहभागिता जनाएका थिए तर कुनै खेल खेलाडीले पनि फाइनलमा प्रवेश गर्न सकेनन् । शारीरिक सुगठन खेलबाट प्रतिनिधित्व गरेका सुरेसले मात्र फाइनल यात्रा तय गरेका थिए।

नेपालबाट गएका सबै खेलका खेलाडी र अफिसियलहरुको आशा र भरोसा अब उनिमा मात्र टिकेको थियो । सबै उनलाइ सपोर्टगर्ने स्टेजमा पुगेको थिए। हलमा नेपाली टोलीले सुरेश सुरेश भनि उनलाइ हाैस्याइ रहेको क्षण उनलाइ झल्झली सँझना आउँछ । सो प्रतियोगितामा उनि उत्कृष्ट पाँचमा पर्न सफल भएका थिए ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार