ताजा अपडेट »

बुटवलका ३१ वर्षीय युवाले गरे आत्महत्या

शुक्रबार, ०६ चैत्र २०७७, १५ : ०४
2 Shares

बुटवल । बुटवलमा एक जना युवाले आत्महत्या गरेका छन् । बुटवल उपमहानगरपालिका –१९ रानीबारीका ३१ वर्षीय कृष्ण प्रसाद थारुले बिहीबार राती झुण्डिएर आत्म हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

मादकपदार्थ सेवन गरि श्रीमतीसँग झगडा गरेको र दैनिकजसो मादकपदार्थ सेवन गरि घरझगडा गर्ने गरेको परिवार स्रोतले जनाएको छ । बिहीबार राती ११ बजे पछि घरबाट निस्किएका थारुलाई विहान रुखमा झुण्डिएको अवस्थामा देख्नसाथ प्रहरीलाइ खबर गरेका थिए । मृतक थारुको लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पोस्टमार्टमका लागि लगिएको प्रहरी जनाएको छ । थारुका एक श्रीमती, १ छोरा र १ छोरी रहेका छन । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।